खिम खड्का

काठमाडौ = २०२२ डिसेम्बरमा रोजगारीको लागि माल्टा पुगेकी बर्दिबास नगरपालिका–३ महोत्तरी, घर भएकी गौरी कुमारी बराल ५ जनवरीमा सडक दुर्घटनामा परि गाडीको ठक्करबाट मृत्यु भएको थियो । उक्त घटना पश्चात बरालको परिवारलाइ नेपाली प्रवासी मञ्च माल्टाले सहयोग हस्तान्तरण गरेको छ ।
यस दुःखद घटनाले सम्पूर्ण माल्टा तथा गोजोमा बस्ने नेपाली समुदायलाई मर्माहत बनाएको र यो अपूरणीय क्षतिले शोकाकुल परिवार, आफन्तजन, र नजिकका साथीहरूलाई गहिरो पीडा पुर्याएकोमा मृतक प्रति भावपुर्ण श्रध्दाञ्जलि र सोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै मञ्चको तर्फ बाट सानो सहयोग गरिएको नेपाली प्रवासी मञ्च माल्टाका महासचिव हेमराज भण्डारीले बताए ।
उहाँको परीवार लाई केहि राहत होस भनि नेपाली प्रवासी मञ्च माल्टा को तर्फ़बाट १०१ युरो रकम सहयोग गरियको महासचिव भण्डारीले बताएका छन ।
