२ चैत्र २०८२, सोमबार

इनिशाको न्यायको लागि मुगुम जेन्जि टिम ले सदरमुकाम गमगढीमा गरे दीप प्रज्वलन्न ।

रतन बहादुर रावल , मुगु फागुन २९ गते

सुर्खेतकि १६ वर्षीया किशोरी इनिशा बि.क. माथि भएको बलात्कारपछि हत्या घटनाको विरोधमा मुगुमा सदरमुकाम गमगढीको चोकमा दीप प्रज्वलन गरिएको छ। जेन्जी संयोजक राजेन्द्र शाही लगायतको टोली  नेतृत्वमा नागरिक समाज , राष्ट्यि लोक तथा दोहोरी गित प्रतिष्ठान र अन्य सरोकारवाला निकायको समन्वयमा शुक्रवार  सदरमुकाम गमगढी बजारको चोकमा विभिन्न युवा विभिन्न सरकारवाला व्यक्तिसँगै  सहभागी तथा भएका थिए ।

Workplace
Workplace

सरोकारवालाले घटनाको घोर भत्र्सना गर्दै
समाजमा बढ्दो महिला हिंसाविरुद्ध सचेतना फैलाउन र अपराधीलाई कानुन अनुसार कडा सजाय दिनुपर्नेमा जोड दिएका छन् । सहभागीहरूले ‘इनिशालाई न्याय दीनुपर्छ ‘बलात्कारविरुद्ध कडा कानुन लागू गर’, ‘महिला हिंसा अन्त्य गर’ लगायतका कुराहरु उठाएका थिए । उनीहरूले यस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई उमेरको आधारमा संरक्षण गर्ने प्रयास नगर्न र अपराधको गम्भीरता अनुसार कडा कारबाही हुनुपर्ने माग समेत राखेका छन् । काठमाडौँ सम्पर्क समिति जेन्जीका लिडर भुवन टमाटाले सुर्खेतको गुर्भाकोट नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगरस्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत १६ वर्षीया दलित किशोरी बालिका इनिसा बिक माथि भएको बलात्कार पश्चात् हत्या जस्तो जघन्य, अपराध अमानवीय तथा स्तब्ध बनाउने घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
यस घटनाले बालबालिका तथा महिलाको सुरक्षा, कानुनी राज्यको कार्यक्षमता तथा समाजमा न्यायको अवस्था सम्बन्धमा गम्भीर प्रश्नहरू उब्जाएको छ । उक्त घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी निष्पक्ष, पारदर्शी , राजनितिक खेलवाड नगरी तथा तीव्र अनुसन्धान मार्फत प्रचलित कानुन बमोजिम कडा कारबाही गरियोस्  नेपाल सरकार ले जिन्जी मुगु सम्पर्क समितिका संयोजक राजेन्द्र शाहीले भन्नुभयो
साथै, यस्ता घटनाहरू पुनः नदोहोरिन प्रभावकारी सुरक्षा संयन्त्र, निगरानी प्रणाली तथा बालबालिका संरक्षणका कार्यक्रमहरू सुदृढ गर्न आवश्यक देखिन्छ। ध्यान दिन आग्रह गरिएको छ। ईनिसा एउटा उदाहरणको पात्र मात्र नभएर हाम्रा दिदि बहिनी , छोरीहरुको लागि पनि एउटा सन्देशको कुरा भएको जानकारी गराए । सुर्खेत जिल्लाको वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा सुर्खेतको गुर्भाकोट नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगरस्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत १६ वर्षीया दलित किशोरी बालिका इनिसा बिक माथि भएको बलात्कार भएर हत्या गरिएको थियो ।
कार्यक्रममा नागरिक समाज मुगुका अगुवा रुपबहादुर मल्ल , राष्ट्यि लोक तथा दोहोरी गित प्रतिष्ठानका सम्भव सुनार , सोविना भाम , बिर्खे बहादुर मल्ल लगायत अन्य सरोकारवाला निकायको उपस्थिती थिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुका विद्यार्थीलाई लायन्सको सहयोग, तीन विद्यालयमा झोला वितरण

छुटाउनुभयो कि ?