आज मिति २०८२ फागुन ११ गते सोमबार आजको राशीफल

🌼🌻🙏🙏🙏

Workplace

मेष : लगनशीलताले काममा उत्साह जगाउला । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइने योग छ । कृषि तथा पशुपालनमा भने खर्च केही बढ्ने देखिन्छ । सन्तानसुख बढ्नेछ ।

बृष : सामान्य प्रयासबाटै काममा सफलता मिल्ने र मिहेनतबाट अरूलाई आकर्षित गर्न सकिने समय छ । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कार्य पनि सजिलै पुरा हुनेछन् । व्यापारमा फाइदा हुनेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् ।

मीथुन : सामाजिक प्रतिष्ठा मिल्ने तथा गरेका कामको प्रशंसा हुनेछ, तर अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने योग छ । कुनै महत्वपूर्ण निर्णय गलत ठाउँमा पर्न सक्छ । विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् ।

कर्कट : नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि नियमित ब्यापार–व्यवसायबाट सोचेअनुसार लाभ हुनेछ । पहिलेका कमी–कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको मन फर्किने देखिन्छ । शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ ।

सिंह : राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्नुका साथै मान सम्मान र प्रतिष्ठा कमाउने समय छ । आम्दानी वृद्धि हुनुका साथै मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । भौतिक सुख–सुविधाको साधन प्राप्ति हुनेछ । शिक्षा क्षेत्र पनि अनुकुल एवम् शुभदायी रहेको छ ।

कन्या : रोकिएका काम बन्नुका साथै दीगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । सुखदुःखमा साथ दिनेहरू भने भेटिनेछन् भने यात्रा मनोरञ्जनपूर्ण र फलदायी रहला । कामको जिम्मेवारी थपिन सक्छ ।

तुला : अरूका काममा ज्यादा समय खर्चनुपर्ने दिन छ । स्वास्थ्य केही कमजोर रहनसक्छ । शारीरिक कमजोरीका बाबजुद जिम्मेवारी भने बढ्ने देखिन्छ । पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । मिहेनतले यश–वर्चश्व वृद्धि गर्नेछ ।

वृश्चिक : कामको सन्दर्भमा अलि प्रतिस्पर्धा गर्नुपरे पनि उच्च व्यक्तिहरूसँग भेटघाट हुने समय छ । । केही चुनौती देखापरे पनि शुभचिन्तकहरूले साथ दिनेछन् । कोसिस गर्दा केही अवसर मिल्न सक्छ । आर्थिक पक्ष सबल बन्नेछ भने चुनौतीहरू सजिलै पार लाग्नेछन् ।

धनु : व्यावसायिक काममा राम्रै फाइदा हुने समय छ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् भने आँटे–गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । खर्च भने केही बढ्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ ।

मकर : कर्मबल र सफलता वृद्धिको समय छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ भने अरूको मन जितेर अवसर हात पार्न सकिनेछ । व्यावसायिक कामका लागि टाढाको यात्रा सम्भावना छ । मित्र वर्गबाट साथ–सहयोग पाइनेछ ।

कुम्भ : नयाँ काम सुरु गर्ने समय छ, तर आकस्मिक खर्च वृद्धिले अप्ठ्यारोमा पार्न सक्छ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ । झमेला, विवाद र चोटपटकको योग पनि छ ।

मिन : चुनौतीयुक्त समय छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । भौतिक साधनको क्षति हुने सम्भावना रहेको विशेष सावधानी अपनाउनुहोला । पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?