सरकारले देशभर पाठेघर क्यान्सरविरुद्धको एचपीभी खोप कार्यक्रम सञ्चालन गर्ने

काठमाडौ – सरकारले देशभर पाठेघर क्यान्सरविरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । नियमित राष्ट्रिय खोप तालिकाअनुसार माघको अन्तिम हप्तादेखि एचपीभी खोप कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।

Workplace

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार कल्याण महाशाखा र यूनिसेफ नेपालको प्राविधिक सहयोगमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार एचपीभी खोप कार्यक्रमका लागि तयारी भइरहेको र खोप दिने समयमा चुनाव तथा चाडपर्वलगायतबाट कार्यक्रम प्रभावित हुन सक्नेतर्फ ध्यानमा राखेर काम गरिने बताउनुभयो ।

माघको अन्तिमदेखि शुरु गरेर फागुनको पहिलो हप्ता अभियान सम्पन्न गर्ने योजनासहित तयारी भइरहेको र यसबारे थप जानकारी र मिति छिट्टै सार्वजनिक गरिने डा. गौतमले बताउनुभयो । कक्षा–६ मा अध्ययनरत १० वर्ष पूरा गरेका साढे तीन लाख किशोरीलाई लक्षित गरेर खोप दिइनेछ ।

गएको वर्ष सरकारले कक्षा ६ देखि १० सम्म अध्ययनरत झन्डै १७ लाख किशोरीलाई खोप दिएको थियो । गएको वर्ष दुई मात्राको खोप रहेकामा यस वर्ष भने एक मात्रा मात्र दिइनेछ । खोप सल्लाहकार समितिका अनुसार एक मात्राको खोप लगाए पनि त्यसबाट प्रभावकारिता हुने भनिएपछि यसपटक एक मात्रा मात्र दिन लागेको डा. गौतमले बताउनुभयो ।

लक्षित सबैजसोलाई खोप कार्यक्रममा सहभागी हुनका लागि विगतका सिकाइका आधारमा सचेतना फैलाउने काम भइरहेको उहाँको भनाइ छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा औसतमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको अनुमान छ ।

महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ । पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमण हुनु हो । सरकारले अहिले १४ वटा रोगविरुद्ध ११ प्रकारका खोप दिँदै आएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

एसजीए माभेरिक्समाथि एपीएस युनाइटेडको शानदार जित, शंकर चापागाईं बने म्यान अफ द म्याच

सिद्धार्थ रोयलमाथि प्रिन्ट हब किंग्सको दबदबा, विपिन भट्टराई बने जितका नायक

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

छुटाउनुभयो कि ?