भिआइपी हैन, आम यात्रुसँगै– मुख्यमन्त्री चेतनारायण आचार्यको सरल यात्राशैली

काठमाडौँ। पद होइन, व्यवहारले व्यक्तित्व चिनिन्छ भन्ने उदाहरण दिएजस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार जनसरोकारको नयाँ उदाहरण प्रस्तुत गर्नुभएको छ।

Workplace

काठमाडौँबाट भैरहवा जाँदै गर्दा मुख्यमन्त्री आचार्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष प्रयोग नगरी आम यात्रुसँगै प्रतिक्षा कक्षमै बस्नुभएको हो। अन्य यात्रुहरूसँग सामान्य कुर्सीमा बस्दै उडानको पर्खाइ गर्नुहुने आचार्यलाई देखेर उपस्थितहरूले “मुख्यमन्त्री भएर पनि यति सरल?” भन्दै प्रशंसा गरेका थिए।

स्रोतका अनुसार उहाँले यात्राको सम्पूर्ण प्रक्रिया अन्य यात्रु सरह पूरा गर्नुभयो—सामान जाँचदेखि बोर्डिङ पाससम्म कुनै विशेष सुविधा प्रयोग नगरी। मुख्यमन्त्री सचिवालयका अनुसार, “जनताको सेवक भनेर चुनीएका व्यक्ति जनतामै मिसिनुपर्छ भन्ने आचार्यको व्यक्तिगत सिद्धान्त” हो यो।

मुख्यमन्त्री आचार्यको यो व्यवहारले नेताहरू र उच्च पदाधिकारीहरूबीच पनि जनसरोकार र सादगीपनको नयाँ दृष्टान्त स्थापना गरेको छ।

तस्बिर: मुख्यमन्त्रीकाे सचिवालय

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवाखाजा सम्बन्धी २ दिने कार्यशाला छायाँनाथ रारामा सुरु।

मुगुमा तीन जना शिक्षक कार्यसम्पादनमा सम्मान

सिद्धार्थ रोयललाई हराउँदै मेघा राइनोज शीर्ष तीनमा उक्लियो

मुगुमा जातीय छुवाछुत दिवस : मेयर भामको घाँटीमा दमाहा र बाजा

अक्कल कोपिला फाउन्डेसन ले हुम्लाको अदान्चुली गाउँपालिकामा मा रहेको पुद्दुकोट विद्यालयम शैक्षिक सामग्री सहयोग ।।

निरज विष्टको घातक बलिङमा एपीएस युनाइटेडको प्रभावशाली जित, एसजीए माभेरिक्स ९ विकेटले पराजित

छुटाउनुभयो कि ?