icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

जेनजी आन्दोलनबाट देशको  अकल्पनीय क्षति – प्रहरी महानिरीक्षक खापुङ

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको बताएका छन्। शुक्रवार ७०औं प्रहरी दिवस–२०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

Workplace

उनले नेपाल प्रहरी राज्यको सबैभन्दा अग्रपंक्तिमा सेवारत, विशाल संयन्त्रयुक्त र सशक्त संगठनका रूपमा विकसित भई राज्यको सशक्त प्रतिनिधिको रूपमा स्थापित हुन सफल भएको बताए। उनका अनुसार हाल देश राजनीतिक रूपान्तरणको संवेदनशील चरणमा रहेको र आगामी दिनमा पनि विभिन्न सुरक्षा चुनौतीहरू आउन सक्ने भएकाले नेपाल प्रहरी त्यसको सामना गर्न सक्षम र प्रतिबद्ध छ। उनले आम नागरिकलाई शान्ति, सुरक्षा र अमन–चयनको प्रत्याभूति दिलाउँदै नेपाल प्रहरी नागरिक भरोसाको केन्द्र बनेको बताए।

खापुङले प्रहरी संगठन विस्तार र सुदृढीकरणका विषयमा पनि जोड दिए। उनका अनुसार देशभर ९३९ स्थानमा नयाँ प्रहरी इकाइको माग रहेको छ भने चार सयभन्दा बढी इकाइमा प्रहरी कार्यालयको स्तरोन्नतिको आवश्यकता रहेको छ। यसको पूर्तिका लागि २५ हजारभन्दा बढी प्रहरी जनशक्ति आवश्यक पर्ने उनले बताए।

जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे स्मरण गर्दै उनले भने, “गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताका युवा तथा विद्यार्थीको प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको छ। सो क्रममा ज्यान गुमाएका प्रहरी सदस्य र अन्य दिवंगत आत्माप्रति श्रद्धाञ्जलि अर्पण गर्दै चिरशान्तिको कामना गर्दछु।”

उनले प्रहरी संगठनभित्र सुधार र शुद्धिकरणका प्रशस्त आवश्यकता रहेको उल्लेख गर्दै प्रहरीको बोली, वचन र व्यवहारमा सुधार ल्याउन आवश्यक भएको बताए। “नागरिकले तिरेको करबाट खरिद गरिएको पोशाक लगाएर नागरिकमाथि अपशब्द प्रयोग गर्ने वा रवाफ देखाउने प्रवृत्ति कहिल्यै स्वीकार्य हुन नसक्ने समेत उल्लेख गरेका थिए ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?