जल तथा मौसम विज्ञान पूर्वानुमान आज को मौसम यस्तो रहने छ

काठमाडौ – जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार, नेपालमा हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ।

Workplace

 

आज दिउँसो देशभर मौसम सामान्यतया बदली रहनेछ। कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

साथै, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको हो।

राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा सामान्यतया बदली रहनेछ, जबकि बाँकी भागमा आंशिक बदली हुनेछ। कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा र कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले वर्षाका कारण पहिरो, गेग्रान बहाव, नदी र खोलामा पानीको सतह बढ्ने तथा यातायात प्रभावित हुन सक्ने भन्दै सबैलाई सतर्कता अपनाउन र पूर्वतयारी गर्न अनुरोध गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सुष्मा काफ्ले
लेखकको बारेमा

सुष्मा काफ्ले

काफ्ले नेपाल खाेज खबरकी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?