रुपन्देही देउवापारमा वडा स्तरीय खुल्ला तीज गीत प्रतियोगिता

रुपन्देही –  रुपन्देहीको सैनामैना नगरपालिका–७, देउवापारमा “समाजबाट समाजकै लागि” भन्ने मूल नारासहित वडा स्तरीय खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ।

Workplace

 

देउवापार गाईजद्वारा आयोजना गरिएको यो प्रतियोगिता आगामी २०८२ साल साउन ३१ गते, सैनामैना–७ स्थित सभा हलमा हुने छ।

कार्यक्रममा स्थानीय तथा विभिन्न स्थानका प्रतिभाशाली महिलाहरूले तीजका पारम्परिक तथा आधुनिक गीत प्रस्तुत गर्ने छन्। आयोजकका अनुसार, यस कार्यक्रमले तीज पर्वको सांस्कृतिक संरक्षणसँगै स्थानीय प्रतिभालाई आफ्नो कला प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गरेको हो ।

देउवापार गाईजका अध्यक्ष विशाल पौडेल ले  सबैलाई कार्यक्रममा उपस्थित भई आफ्नो साङ्गीतिक र सांस्कृतिक परम्परालाई जगेर्ना गर्न आह्वान गरेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?