icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

आज मिति २०८२ असार १० गते मंगलबार आजको राशीफल

 

Workplace

मेष : सञ्चित धन खर्च हुने दिन छ । राजनीतिक क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या हुने जोखिम छ । शिक्षाको क्षेत्रमा थप श्रम गर्नुपर्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : दिन सामान्य राम्रो छ । गुम्न लागेको धन प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँगको कारोबारमा फाइदा हुनेछ । राज्यको महत्त्वपूर्ण निकायमा नियुक्ति हुनसक्ने योग छ ।

मिथुन : दिन राम्रो छ । मनमा उत्साह बढ्नेछ । धार्मिक व्यक्तिसँगको भेटले नयाँ योजना बन्नेछ । विदेशमा गरेको व्यापारबाट फाइदा हुनेछ । घर परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : आम्दानीका दृष्टिले दिन राम्रो छ । परिवारको बोझ अझै बढ्ने योग छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । राजनीतिक क्षेत्रमा उपलब्धि प्राप्त हुनेछ ।

सिंह : सहकार्यमा गरेको व्यापारबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ । रोगले सताउने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

कन्या : दिन राम्रो छ । लगानीका क्षेत्रमा हिम्मत गर्नुपर्ने छ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा प्रगति हुनेछ । परिवारमा तपाईंको सम्मान हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

तुला : मन प्रशन्न रहनेछ । आफूले गरेका काममा सन्तुष्टि मिल्नेछ । आफ्नै प्रशंसा सुन्ने अवसर मिल्नेछ । परिवारसँग रमाइलो यात्राको अवसर प्राप्त हुनेछ । नयाँ साथीसँग रमाइलो भेट हुने योग छ ।

वृश्चिक : दिन सामान्य छ । स्वास्थ्यमा समस्या बढ्ने जोखिम छ । तपाईंको अध्ययनको भने मूल्यांकन हुने दिन छ । विपक्षीसँग सचेत भएर अगाडि बढ्नुपर्ने समय छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । आफूले आफूलाई मूल्यांकन गर्न नसक्दा खटपटी भए पनि साथीको साथ मिल्नेछ । परोपकारको काम गर्ने अवसर मिल्नेछ ।

मकर : दिन राम्रो छ । बौद्धिक व्यक्तिसँग भेट हुनेछ । राजनीतिक क्षेत्रमा गरेको लगानीको प्रतिफल प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ । परिवारभित्र थोरै बोलेर काम गर्नुपर्ने समय छ ।

कुम्भ : धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अन्त्य साढेसाती दशा भएकाले तृतीया, छैटौं र ११ औं स्थानमा शनिदेव भए तपाईंको उन्नति हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

मीन : दिन सामान्य छ । सम्पत्तिले साथ दिए पनि इज्जतमा दाग लाग्नेछ । धार्मिक कार्यमा सहभागी हुनु आवश्यक हुन्छ । दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?