ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरू

काठमाडौ –  ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरू हुँदैछ । पहिलो दिन आज रथलाई पुल्चोकबाट तानेर बाजागाजासहित पाटन गाःबहाल पुर्‍याइने छन ।

Workplace

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ अहिले पुल्चोकमा राखिएको छ । पुल्चोकमा निर्माण गरिएको रथमा गएको सोमवार रातो मच्छिन्द्रनाथलाई रथारोहण गरेसँगै हेरक दिन दर्शनार्थीको भीड बढेको छ ।

- Advertisement -Workplace

यात्राका क्रममा रथ जहाँ जहाँ पुग्छ, त्यो ठाउँका स्थानीयवासीले विशेष पूजा गरेर मनाउने गर्छन् ।

पुल्चोकमा देवताको दर्शन गर्ने, बत्ती बाल्न आउने भक्तजनको घुइँचो लाग्ने गरेको छ । जात्रामा इन्द्रबाजा, गुरूजु पल्टनको टुकडी, धिमे, नायखीँलगायतका बाजा सहभागी हुनेछन् ।

टङ्गल टोलमा बनाइएको मीननाथको रथ पनि तानेर आजै गाःबहाल पुर्‍याइनेछ ।

जात्राको अन्तिम दिन भोटो जात्रा सकेपछि मच्छिन्द्रनाथको रथलाई सानो खटमा बोकेर बुङ्मतीमा रहेकाे मन्दिरमा पुर्‍याइनेछ ।

मीननाथलाई टङ्गलमा रहेको चक्रबहिमा पुर्‍याएपछि मच्छिन्द्रनाथको रथयात्रा समापन हुन्छ ।

मच्छिन्द्रनाथलाई वैष्णवले विष्णु, शैवले शिव, शाक्तले शक्ति, सौरले सूर्य, ब्राह्मणले लोकेश्वर र बौद्धले करुणामयका रूपमा पुज्छन् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?