icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरू

काठमाडौ –  ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरू हुँदैछ । पहिलो दिन आज रथलाई पुल्चोकबाट तानेर बाजागाजासहित पाटन गाःबहाल पुर्‍याइने छन ।

Workplace

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ अहिले पुल्चोकमा राखिएको छ । पुल्चोकमा निर्माण गरिएको रथमा गएको सोमवार रातो मच्छिन्द्रनाथलाई रथारोहण गरेसँगै हेरक दिन दर्शनार्थीको भीड बढेको छ ।

यात्राका क्रममा रथ जहाँ जहाँ पुग्छ, त्यो ठाउँका स्थानीयवासीले विशेष पूजा गरेर मनाउने गर्छन् ।

पुल्चोकमा देवताको दर्शन गर्ने, बत्ती बाल्न आउने भक्तजनको घुइँचो लाग्ने गरेको छ । जात्रामा इन्द्रबाजा, गुरूजु पल्टनको टुकडी, धिमे, नायखीँलगायतका बाजा सहभागी हुनेछन् ।

टङ्गल टोलमा बनाइएको मीननाथको रथ पनि तानेर आजै गाःबहाल पुर्‍याइनेछ ।

जात्राको अन्तिम दिन भोटो जात्रा सकेपछि मच्छिन्द्रनाथको रथलाई सानो खटमा बोकेर बुङ्मतीमा रहेकाे मन्दिरमा पुर्‍याइनेछ ।

मीननाथलाई टङ्गलमा रहेको चक्रबहिमा पुर्‍याएपछि मच्छिन्द्रनाथको रथयात्रा समापन हुन्छ ।

मच्छिन्द्रनाथलाई वैष्णवले विष्णु, शैवले शिव, शाक्तले शक्ति, सौरले सूर्य, ब्राह्मणले लोकेश्वर र बौद्धले करुणामयका रूपमा पुज्छन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?