बाँकेका प्रमुख जिल्ला अधिकारीको मनोमानीको विरुद्ध राष्ट्रिय दलित पत्रकार संघले  विरोध जनाएको छ 

बुटवल,  – कोहलपुरबाट प्रकाशित हुने निष्पक्ष दर्पण राष्ट्रिय दैनिकका संवाददाता तथा बाँके जिल्ला शाखाका पूर्व अध्यक्ष एवं लुम्बिनी प्रदेश सदस्य श्रमजीवी पत्रकार शुभाराम विश्वकर्मामाथि प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले गरेको अवाञ्छित व्यवहारप्रति राष्ट्रिय दलित पत्रकार संघ, लुम्बिनी प्रदेश समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ।

Workplace

विज्ञप्तिमा जनाइए अनुसार पत्रकार विश्वकर्माले नागरिक समस्यासम्बन्धी समाचार संप्रेषणका लागि प्रमुख जिल्ला अधिकारी जोशीलाई फोन गर्दा उहाँले अमर्यादित व्यवहार गरेका थिए। यसप्रति दुःख व्यक्त गर्दै संघले प्रमुख जिल्ला अधिकारीको व्यवहार प्रेस स्वतन्त्रताको विरोधमा रहेको र यसले दलित पत्रकारहरूमाथि दुव्र्यवहार बढाउने खतरा रहेको उल्लेख गरेको छ।

संघले घटनाप्रति आपत्ति जनाउँदै प्रमुख जिल्ला अधिकारी जोशीले आफ्नो धारणा सार्वजनिक रूपमा स्पष्ट पार्नुपर्ने माग राखेको छ। साथै, घटनालाई लिएर आवश्यक कारबाही नभए जिल्लाभर चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत  दिएको छ।

राष्ट्रिय दलित पत्रकार संघ, लुम्बिनी प्रदेश समितिका सचिव अनिल नेपालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकार सुरक्षाको सवालमा आफूहरु  चुप बस्न नसकिने स्पष्ट पारेका छ्न।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?