icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

बाँकेको बेतहनीमा ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु, स्थिति तनावग्रस्त

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनीमा पानी बोक्ने ट्याङ्करको ठक्करबाट आइतबार अपराह्न दुई बालकको घटनास्थलमै मृत्यु भएको छ। भे१ ख ४१०७ नम्बरको ट्याङ्करले स्थानीय विशाल गोडिया र शिवकुमार गोडियालाई ठक्कर दिएको थियो।

Workplace

स्थानीयका अनुसार, दुबै जना बेतहनीको नौरीगढी एकेडेमीमा एलकेजीमा अध्ययनरत थिए। स्कुलबाट घर फर्किने क्रममा बेतहनी चोकमा ट्याङ्करले ठक्कर दिँदा उनीहरू सडकमा लडेका थिए। प्रत्यक्षदर्शीका अनुसार, घाइते अवस्थामा चिच्याइरहेका उनीहरूलाई ट्याङ्करले पुनः किचेपछि घटनास्थलमै ज्यान गएको हो।

मृतक दुबैजना अन्दाजी ९/१० वर्षका सहोदर दाजुभाइ भएको प्रहरीले जनाएको छ। घटनापछि आक्रोशित स्थानीय बासिन्दाले ट्याङ्करमा आगजनी गरेका छन्। अवस्था तनावग्रस्त बनेपछि प्रहरी र स्थानीयबीच झडप भएको छ।

प्रहरी चौकी बेतहनीलाई घेराउ गर्दै स्थानीयले चालकलाई कारबाहीको माग गरेका छन्। प्रहरीलाई चालक लुकाएको आरोप लगाउँदै प्रदर्शन चर्किएपछि स्थानीयले चौकीमा समेत आगजनी गरेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार, स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि प्रहरीले दर्जनौँ सेल अश्रुग्याँस प्रहार गर्नुका साथै हवाई फायर समेत गरेको छ। स्थानीयले मृत बालकको शव सडकमा राखेर प्रदर्शन गरिरहेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?