
मेष : दिन सामान्य छ । श्रमको फल खोज्ने जमात सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । व्यापारमा फाइदा हुनेछ । साथीभाइबाट असहयोग हुने भएकाले सचेत बन्नु उचित हुनेछ ।
वृष : दिन राम्रो छ । बोलीको प्रभावले राम्रो काम बन्नेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । परिवारमा मेलमिलाप हुनेछ ।
मिथुन : व्यवहारमा संकट आइपर्ने जोखिम छ । अरुको सेवा गर्दा आफ्नो ख्याल गर्न भुल्ने बानीले घाटा हुनेछ । धार्मिक क्षेत्रको यात्रा तय हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कर्कट : मनमा चिन्ता र त्रास बढ्नेछ । राजनीतिक क्षेत्रमा राज्यले निगरानी राख्नेछ । औषधी नियमित सेवन नगर्दा रोगले सताउने जोखिम छ । परिवारको साथ र सहयोगमा अगाडि बढ्नुपर्ने समय छ ।
सिंह : दिन सामान्य राम्रो छ । लगानी गरेको भए फाइदा हुनेछ। आज बनाएको योजना दीर्घकालसम्म सञ्चालन हुने भएकाले सोचेर काम गर्नुपर्ने समय आएको छ । परिवार भन्दा बाहिरको कुरा बुझ्नु आवश्यक देखिन्छ ।
कन्या : दिन राम्रो छ । कृषि र फलफूलको कारोबारमा फाइदा हुनेछ । जग्गाको कारोबारबाट राम्रो नाफा प्राप्त हुनेछ । परिवारसँग रमाइलो घुमघामको तय हुनेछ । यात्राले मन शान्त बन्नेछ ।
तुला : दिन राम्रो छ । साथीले प्रशंसा गर्नेछन् । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रतिभाको प्रदर्शन गर्ने समय आएको छ ।
वृश्चिक : दिन राम्रो छ । परिवारका सदस्यसँग भेटघाट हुनेछ । आम्दानीबाट नाफा हुनेछ । विदेशमा गरेको लगानी भए राम्रो आम्दानी हुनेछ । निजी क्षेत्रमा गरेको लगानीले उत्साह मिल्नेछ ।
धनु : दिन राम्रो छ । स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ । शत्रु बढ्नेछन् । काम बन्नेछन् । धार्मिक कार्यमा सहभागी भएर मात्र यात्रा गर्नु उचित हुनेछ । परिवारमा खटपटी बढ्नेछ ।
मकर : दिन राम्रो छ । शिक्षाको क्षेत्रमा फाइदा हुनेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । धार्मिक कार्यमा सहभागी भएर मात्र यात्रा गर्नु उचित हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
कुम्भ : शुभ ग्रहको साथ रहेको छ । सोचेको काम बन्नेछ । साथीभाइले साथ र सहयोग गर्नेछन् । धार्मिक क्षेत्रमा घुमघाम चल्नेछ । यात्राले नयाँ शिक्षा प्राप्त हुनेछ । मध्य साढेसाती दशा भएकाले धार्मिक कार्यमा सहभागी हुनु उपयुक्त हुन्छ ।
मीन : परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ । सुरुवाती साढेसाती दशा रहेकाले मन अशान्त बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ । आम्दानी भन्दा खर्च बढ्नेछ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
