देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

 

Workplace

काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार लुम्बिनी प्रदेशलगायत अन्य पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको छ। तराईका केही क्षेत्रमा हल्का हुस्सु लागेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्नेछ। यस्तै, ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।

राति पनि देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा एक–दुई स्थानमा हल्का हिमपात पर्न सक्नेछ।

महाशाखाले आगामी २४ घण्टाका लागि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ। यसका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवाखाजा सम्बन्धी २ दिने कार्यशाला छायाँनाथ रारामा सुरु।

मुगुमा तीन जना शिक्षक कार्यसम्पादनमा सम्मान

सिद्धार्थ रोयललाई हराउँदै मेघा राइनोज शीर्ष तीनमा उक्लियो

मुगुमा जातीय छुवाछुत दिवस : मेयर भामको घाँटीमा दमाहा र बाजा

अक्कल कोपिला फाउन्डेसन ले हुम्लाको अदान्चुली गाउँपालिकामा मा रहेको पुद्दुकोट विद्यालयम शैक्षिक सामग्री सहयोग ।।

निरज विष्टको घातक बलिङमा एपीएस युनाइटेडको प्रभावशाली जित, एसजीए माभेरिक्स ९ विकेटले पराजित

छुटाउनुभयो कि ?