भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १५ जनाको मृ`त्यु

काठमाडौ – भारतको राजधानी नयाँ दिल्लीमा रेलवे स्टेशनमा भागदौड हुँदा कम्तिमा १५ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । गएराति ९/१० बजेतिर घटना हुँदा रेलवे स्टेशनमा ठेलमठेल भीड थियो । भीडका कारण यात्रुबीच एकआपसमा धकेलाधकेल हुँदा कतिपय लडेका थिए ।

Workplace

भागदौडमा परेकामध्ये तीन जना बालबालिकासहित १५ जनाको ज्यान गएको पुष्टि भएको लोक नायक अस्पताललाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको प्रयागराजमा चलिरहेको कुम्भमेलामा जानेहरुका कारण रेलवे स्टेशन भित्र र बाहिर खचाखच भरिएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भागदौडमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँले मृतकका परिवारमा समवेदना र घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । साथै स्थानीय प्रशासनलाई घटनाको अनुसन्धान गर्न निर्देशन दिनुभएको छ । रेलमन्त्री अश्विनी वैष्णवले घटना लगत्तै सुरक्षाकर्मीको सहयोगमा रेलवे स्टेशनको अवस्थालाई नियन्त्रणमा लिएको बताउनुभएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?