अनिल नेपाली – राष्ट्रिय मुक्ति पार्टी नेपाल कपिलवस्तुकाे जिल्ला भेलाले कैलाश अग्रहरीको अध्यक्षतामा
५१ सदस्यीय जिल्ला कार्य समितिकाे चयन गरेकाे छ ।

नवनिर्वाचित अध्यक्ष तथा सदस्यलाई पार्टीका केन्द्रीय अध्यक्ष पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले बधाई तथा शुभकामना दिदै महतोले सम्पूर्ण उत्पीडनमा परेका नागरिकको अधिकारको लडाईँका लागि राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पाटीको जन्म भएको घोषणा गदै उनले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीले देशमा बहुलराष्ट्रिय राज्य स्थापना गरेरै छाड्ने दावी गरे ।
राष्ट्रिय मुक्ति क्रान्ति नेपालले देशको विभिन्न संस्कृतिहरुको रक्षा गर्दै आर्थिक अवस्था सुधार गर्नका लागि पनि आवश्यक योजना तय गर्ने उनले बताए कार्यक्रममा ,केन्द्रिय सदस्य रविदत्त मिश्र, ओमप्रकाश गुल्जारीलाल यादव लगायतकाे सहभागीता रहेको थियोे
