पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: उच्च पहाडमा हिमपात, तराईमा कुहिरोको प्रकोप

 

Workplace

काठमाडौं। देशको पश्चिमी भूभागमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परिरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रहरूमा आंशिक बदली देखिएको छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

- Advertisement -Workplace

तराईका धेरै स्थानहरूमा बाक्लो हुस्सु र कुहिरो लागेकोले जनजीवन, यातायात, कृषि, स्वास्थ्य तथा हवाई उडानमा समस्या हुन सक्ने विभागले चेतावनी दिएको छ।

दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली भए पनि राति तराईका भूभागमा कुहिरोको प्रकोप अझै बढ्न सक्ने विभागको भनाइ छ। यसका साथै, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसम विभागले कुहिरो र हिमपातले गर्दा दैनिक जनजीवनमा असर पर्ने सम्भावना भएकोले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ। विशेषगरी यात्रुहरूले हुस्सुका कारण यातायातमा थप समयको व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?