
मेष : दिन सामान्य छ । लगानीबाट तत्काल फाइदा नभए पनि धैर्य हुँदा फाइदा हुनेछ । सानो कुराले मन अशान्त बन्नसक्छ । औषधी नियमित नहुँदा रोग बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
वृष : उपचारमा भए रोगबाट मुक्ति मिल्नेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ । गोपनीयता भंग हुनाले परिवारमा खटपटी बढ्नेछ ।
मिथुन : मानसिक तनाव बढ्ने जोखिम छ । छिमेकमा गरेका शुभकार्यमा सहभागी मात्र भएमा मन शान्त बन्नेछ । विपक्षी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।
कर्कट : साना कुराले मन अशान्त बन्नसक्छ । राज्यका तर्फबाट निगरानी रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ । साथीबाट अपमान सहनुपर्ने खतरा देखिन्छ । संकटमा परिवारको साथ र सहयोग भने प्राप्त हुनेछ ।
सिंहः शिक्षामा गरेको प्रयास सफल बन्नेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । परिवारसँगको सहकार्यमा गरेको काममा फाइदा हुनेछ । रोगसँग लड्ने क्षमता बढ्ने योग छ ।
कन्या : दिन राम्रो छ । धनलक्ष्मी योगको सदुपयोग गर्नुपर्नेछ । विपक्षीले तपाईंको प्रशंसा गर्नेछन् । बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ । परिवारसँगको सहकार्यले काम सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
तुला : शिक्षाका क्षेत्रमा गरेको प्रयासबाट मनमा सन्तुष्टि प्राप्त हुनेछ । पुरानो रोगले सताउने जोखिम छ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
वृश्चिक : आफ्नै राशिमा चन्द्रमा पुगेकाले मन शान्त बन्नेछ । विश्वास गरेका साथीले धोका दिने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ । पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा राम्रो हुनेछ । परिवारमा मेलमिलापको योग छ ।
धनु : आम्दानीका दृष्टिले दिन राम्रो छ । व्यापारको लगानीबाट फाइदा हुनेछ । नोकरीमा भए बढुवा हुनेछ । विपक्षी साथीभाइले तपाईंको प्रशंसा गर्नेछन् । रोगबाट बच्न खानपानबाट बच्नुपर्नेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।
मकर : अन्त्य साढेसाती दशा चलिरहेको छ । जसका कारण हरेक काममा अवरोध हुनसक्छ । परिवारको साथ लिएर मात्र काम गर्नु उचित हुन्छ । एक्लो निर्णय लिएमा फस्ने जोखिम छ । संकटमा स्वास्थ्यले भने साथ दिएको छ । शिक्षामा ढिलासुस्ती हुनेछ ।
कुम्भ : उदयमान शुक्र पुगेकाले मध्यसाढेसाती दशा भए पनि शुभग्रहको बहुमत छ । व्यापारमा गरेको प्रयास सफल बन्नेछ । रोगबाट बच्न खानपानमा ख्याल गर्नुपर्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।
मीन : शुभग्रहको बहुमत रहेको छ । मुल त्रिकोणमा चन्द्रमा पुगेकाले शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । काम सहजै बन्ने योग छ । परिवारसँग रमाइलो घुमघाम हुनेछ । बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
