
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य घटेको छ भने युरो, पाउण्ड स्ट्रलिङ, स्विस फ्र्याङ्कलगायत विदेशी मुद्राको भाउ बढेको छ। केही मुद्राको भाउ स्थिर रहे पनि केहीमा कमी आएको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४३ रुपैयाँ २९ पैसा पुगेको छ।
पाउण्ड स्ट्रलिङ एकको खरिददर १६८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ९६ पैसा कायम भएको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८६ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७५ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ।
थाई भाट एकको खरिददर ४ रुपैयाँ ४ पैसा र बिक्रीदर ४ रुपैयाँ ५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९० पैसा तथा साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा कायम गरिएको छ।
आर्थिक विश्लेषकहरूका अनुसार विदेशी मुद्राको भाउ घटबढले आयात-निर्यात क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्दै मुलुकको अर्थतन्त्रमा फरक पार्न सक्छ।
