भारतीय अपराधी लोरेन्स बिस्नोई र अनमोल बिस्नोईको नाममा पाँच करोड फिरौती माग्ने पक्राउ

बाँके – जिल्ला सुर्खेत, भेरीगंगा नगरपालिका–७ काठेघारीका ४१ वर्षीय राम बहादुर बुढा क्षेत्रीलाई विभिन्न विदेशी नम्बरको ह्वाट्सएप प्रयोग गरी फिरौती मागेको आरोपमा पक्राउ गरिएको छ। उनले आफूलाई भारतीय अपराधी लोरेन्स बिस्नोई र अनमोल बिस्नोईको नाममा परिचय दिँदै पाँच करोड भारतीय रुपैयाँ फिरौती मागेका थिए। रकम नदिएमा गम्भीर परिणाम भोग्नुपर्ने धम्कीसमेत दिएका थिए। प्रारम्भिक अनुसन्धानमा उनको मोबाइल जाँच गर्दा विदेशी नम्बरको ह्वाट्सएप खाता खोलिएको र त्यसबाट फिरौती सम्बन्धी सन्देश पठाइएको प्रमाण फेला परेको र  उनका बारेमा थप अनुसन्धान जारी रहेको  प्रहरीले बताएको छ।

Workplace

लोरेन्स बिस्नोई एक भारतीय अपराधी हुन्, जसले हत्या र फिरौती माग्ने जस्ता गम्भीर अपराधहरू गरेका छन् र हाल भारतीय कारागारमा छन्। उनमाथि पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या र भारतीय अभिनेता सलमान खानलाई मार्ने षड्यन्त्र गरेको आरोप रहेको छ। उनका भाई अनमोल बिस्नोईले लोरेन्स जेलमा रहँदा विभिन्न व्यापारी तथा उद्योगीहरूलाई धम्क्याएर फिरौती असुल्ने काम गरेका थिए ।

राम बहादुर बुढा क्षेत्री नेपालका विभिन्न स्थानहरूमा आपराधिक क्रियाकलापहरूमा संलग्न व्यक्ति रहेको प्रहरीले अनुसन्धानमा खुलासा गरेको छ । उनले पहिले पनि मानव बेचबिखन, धम्की, जबरजस्ती चन्दा असुली, फिरौती असुली र हत्या जस्ता गम्भीर आरोपमा मुद्दा खेपिसके प्रहरीले जनाएको छ । उनी नेपाल आर्मीमा केही समय सेवा गरी भागेपछि विभिन्न आपराधिक समूहहरूसँग मिलेर अपराध गर्दै आएका र  अपराधका लागि उनले भारतीय आधार कार्ड तथा विभिन्न विदेशी नम्बरका ह्वाट्सएप खाता प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक हरि भट्टराईले  जानकारी दिएका छ्न।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?