
मेष : दिन राम्रो छ । ठुला व्यक्तिसँग भेट हुनसक्छ । विपक्षी साथी शान्त भएकाले सोचेको काम बन्नेछ । योजना अनुसार अगाडि बढेमा फाइदा हुनेछ । व्यापारमा नाफा हुनेछ । व्यापारमा विदेशमा लगानी गरेको भए फाइदा हुनेछ । साथीको साथ मिल्नेछ ।
वृष : दिन राम्रो छ । परिवारको तर्फबाट इज्जत प्राप्त हुनेछ । शिक्षाको लगानीबाट नाफा हुनेछ । आफन्तले भन्दा परका साथीले प्रशंसा गर्नेछन् । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ ।
मिथुन : साना कुराले मन अशान्त बन्नेछ । मन अशान्त बने पनि बोल्दा सोच्नुपर्ने दिन छ । बिहानै धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।
कर्कट : आफन्तसँग असन्तुष्टि बढ्नेछ । अपेक्षा गरेका साथीले नै असहयोग गर्दा मन अशान्त बन्नसक्छ । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ ।
सिंह : आज परिवारको साथमा आफन्तसँग भेट हुनेछ । आफन्तसँगको भेटले मनमा शान्ति मिल्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने हुँदा सचेत बन्नुपर्नेछ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।
कन्या : दिन राम्रो छ । देशमा रोजगारीका विकल्प फेला पर्नेछन् । व्यापारमका क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । धार्मिक व्यक्तिसँगको भेटले मनका शंका निवारण हुनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
तुला : पढाइमा जाँगर बढ्नेछ । श्रमको उचित मूल्य प्राप्त गर्दा मन खुशी हुनेछ । प्रतिस्पर्धामा अब्बल बन्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
वृश्चिक : दिन सामान्य राम्रो छ । व्यवहारिक बोझले केही समस्या देखिनेछन् । ठुलो योजना नबनाउनु नै उचित हुनेछ । प्राविधिक र निजी शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।
धनु : उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । एकल निर्णयमा भन्दा संयुक्त निर्णय लिएर अगाडि बढ्दा फाइदा हुनेछ । विपक्षीसँग थोरै बोलेर काम गर्दा फाइदा हुनेछ । परिवारसँगको सम्बन्धमा समस्या हुने जोखिम छ ।
मकर : दिन राम्रो छ । लगानीका क्षेत्रमा फाइदा हुनेछ । मनमा उत्साह बढ्नेछ । शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ । बोली भन्दा काम बढी गरेर अगाडि बढ्दा फाइदा हुनेछ ।
कुम्भ : तपाईंको बोलीमा सरस्वतीको बास रहेको छ । सञ्चित धन खर्च भए पनि इज्जतमा बढुवा हुनेछ । साथीको साथ मिल्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुहोला ।
मीन : खर्च बढ्ने जोखिम छ । साथीबाट असहयोग हुनेछ । साना कुराले मन अशान्त हुने जेखिम छ । परिवारसँगको सम्बन्धमा सुधारका संकेत देखिनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
