अर्घाखाँची शितगंगामा बस दुर्घटना: ३ जनाको मृत्यु, ८ गम्भीर घाइते

अर्घाखाँची – शितगंगा नगरपालिका–२ भुवनपाटामा सुपादेउराली मन्दिर दर्शन गर्न आएको लु २ ख ३०३ नम्बरको बस दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन्। घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रत्यक्ष दर्शी र उद्धारकर्मी भीम पाण्डेले नेपाल खोजखबर लाई जानकारी दिएका छ्न ।

Workplace

पश्चिम नेपाल समिति अन्तर्गतको उक्त बस सुपादेउराली मन्दिर दर्शनका लागि गइरहेको थियो। भुवनपाटाको घुम्तीमा बस अनियन्त्रित भई सडकबाट तल खसेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। प्रारम्भिक अनुसन्धान अनुसार बसको तीव्र गति र तीक्ष्ण मोडका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

दुर्घटनापछि स्थानीय बासिन्दा, प्रहरी र उद्धार टोलीले घाइतेहरूलाई उद्धार गरी नजिकैको स्वास्थ्य केन्द्रमा पुर्‍याएका छन्। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुर्घटनाको अनुसन्धान भइरहेको छ। दुर्घटनाको मुख्य कारण भने विस्तृत अनुसन्धानपछि मात्र पुष्टि हुनेछ। प्रहरीले बताएको छ ।

स्थानीय प्रत्यक्षदर्शीको भनाइ  बस तीव्र गतिमा रहेको र घुम्ती पार गर्ने क्रममा सन्तुलन गुमाएको देखिन्थ्यो। दुर्घटनापछि स्थानीयहरूले तुरुन्तै उद्धार कार्य थालेको बताएको छ  थप विवरणसहित हामी पुन अपडेट गराउनेछौँ। नेपाल खोजखबर फलो गर्दै गर्नु होला ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?