जातीय विभेद उन्मूलनका लागि समतामूलक समाज आवश्यक: अध्यक्ष केसी

अर्घाखाँची – सन्धिखर्क नगरपालिका वडा नं. ७ का अध्यक्ष तथा विधान व्यवस्थापन समितिका संयोजक चुरा ब. केसीले समतामूलक एवम् शोषणरहित समाज निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ।

Workplace

अर्घाखाँचीको सुपा देउराली मन्दिर परिसरमा बिटिस काउन्सिल र दलित लाइभ म्याटरको सहयोगमा रूपान्तरण लागि आवाज नेपालद्वारा आयोजित धार्मिक सम्पदामा भइरहेको जातीय विभेद विरुद्ध निर्वाचित जनप्रतिनिधिको भूमिका विषयक कार्यक्रममा बोल्दै अध्यक्ष केसीले समाज रूपान्तरण र सामाजिक न्यायका लागि पुरानो मानसिकता त्यागी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताउनुभयो। उहाँले धार्मिक क्षेत्रका नाममा हुने विभेद अन्त्य गरी समतामूलक समाज निर्माण गर्न सबैको मनोवृत्तिमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा अध्यक्ष केसीले नेपालको संविधान २०७२ ले दलित समुदायको हकअधिकार सुनिश्चित गर्न महत्त्वपूर्ण प्रावधानहरू राखेको उल्लेख गर्नुभयो। संविधानले स्थानीय तहमा कम्तीमा एक जना दलित महिला अनिवार्य रूपमा निर्वाचित हुनुपर्ने व्यवस्था गरेको भन्दै यसले समावेशीकरणलाई प्रवर्द्धन गरेको बताउनुभयो। साथै, सभ्य र समतामूलक समाज निर्माणका लागि आफू निरन्तर क्रियाशील रहेको धारणा राख्नुभयो।

कार्यक्रम संयोजक अनिल नेपालीको अध्यक्षता तथा नवीन रसाइलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सितगंगा नगरपालिका वडा नं. २ का सदस्य नेत्र ब. गुरूङ, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीय महिला अगुवाहरूको उपस्थिति रहेको थियो।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?