पश्चिमी वायुको आंशिक प्रभाव यस्तो छ आजको मौसम

समाचार सारांश
Auto Generated by AI
  • पश्चिमी र पूर्वी वायुको आंशिक प्रभावले देशका केही स्थानमा बदली र वर्षाको सम्भावना छ।
  • कोसी, मधेस र गण्डकीका हिमाली क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुन सक्छ।
  • तराई र उपत्यकाका केही भू-भागमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने पूर्वानुमान छ।

काठमाडौ -नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

Workplace

साथै, पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।

- Advertisement -Workplace

कोसी प्रदेशलगायत देशको हिमाली भू–भागमा आंशिक बदल लागेको छ तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसो मधेस र कोसीलगायत गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशको तराई भू–भागका साथै मधेसको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

 

राति, देशको हिमाली क्षेत्रमा साथै कोसी प्रदेशको तराई क्षेत्रमा र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने विभागले जनाएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?