
- नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
- हिमाली तथा पहाडी क्षेत्रमा चट्याङ र असिनासहित वर्षा र हिमपातको सम्भावना छ।
- देशका बाँकी भूभागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुन सक्छ।
काठमाडौ -हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ।

दिउँसो देशको हिमाली भूभाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ ।
बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको केहि स्थानमा तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा चट्याङ र असिना सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।
देशका हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू,भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
