
- प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणमा नेपाल-भारत सम्बन्ध, आर्थिक सहयोग र सीमा विवाद समाधानका एजेन्डा समेटिनुपर्ने अपेक्षा गरिएको छ।
- भ्रमणका क्रममा भारतमा रहेका लाखौँ नेपालीका कागजात, पहिचान, आधार तथा प्यान कार्डको झन्झट र उनीहरूको सुरक्षाका मुद्दालाई प्राथमिकता दिनुपर्छ।
- नयाँ सम्झौताभन्दा पनि पुराना सहमति र परियोजनाहरूको कार्यान्वयनमा जोड दिँदै यो भ्रमण नेपालको राष्ट्रिय हितमा केन्द्रित हुनुपर्छ।
अनुमानित प्रधानमन्त्री र मन्त्रीसहित ४० जनासम्मको प्रतिनिधिमण्डल भारत जाने तयारी, आर्थिक सहायता, विकास, सीमा विवाद र प्रवासी नेपालीका मुद्दा भ्रमणका महत्त्वपूर्ण एजेन्डा बन्नुपर्ने सम्पुर्ण प्रवासी नेपालिको आशा र अपेक्षा रहेको छ ।

नयाँ दिल्ली अर्जुन थापा — प्रधानमन्त्री बालेन्द्र शाह आगामी नोभेम्बर २२ देखि २४ सम्म भारत भ्रमणमा जाने तयारीसँगै नेपाल–भारत सम्बन्धमा नयाँ चर्चा सुरु भएको छ। प्रधानमन्त्री बनेपछि हुन लागेको उनको यो पहिलो औपचारिक द्विपक्षीय भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध सुधार, आपसी विश्वास अभिवृद्धि र लामो समयदेखि समाधान हुन नसकेका साझा समस्याको सम्बोधन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेर्न सकिन्छ

भ्रमणमा प्रधानमन्त्रीसहित ३६ सदस्यीय नेपाली टोली सहभागी हुने र आवश्यकताअनुसार प्रतिनिधिमण्डलको संख्या अनुमानित ४० जनासम्म पुग्न सक्ने बताइएको छ। टोलीमा चार मन्त्री, प्रधानमन्त्रीका सल्लाहकार, सांसद, सचिवालयका सदस्य, सञ्चारकर्मी तथा व्यवसायीहरू रहनेछन्। भ्रमणमा मन्त्रीहरू शिशिर खनाल, गणेश पौडेल, सुनिल लम्साल र विराजभक्त श्रेष्ठ सहभागी हुने स्रोतले जनाइएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री शाहको उच्चस्तरीय भेटवार्ता हुने तयारी छ। यस भ्रमणमा आर्थिक सहयोग, व्यापार, ऊर्जा, पूर्वाधार, हवाई सम्पर्क, सीमा व्यवस्थापन तथा दुई देशबीचको दीर्घकालीन सम्बन्धका विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ। तर यो भ्रमण केवल औपचारिक भेटघाट, स्वागत समारोह र सम्झौतामा हस्ताक्षर गरेर मात्र सीमित हुनु हुँदैन। नेपाल र भारतबीच पुस्तौँदेखि कायम रहेको सामाजिक, सांस्कृतिक, आर्थिक तथा पारिवारिक सम्बन्धलाई अझ व्यवस्थित, सुरक्षित र विश्वासिलो बनाउने दिशामा ठोस पहल हुनु आवश्यक छ।
नयाँ सरकारप्रति भारतको अपेक्षा र नेपालको प्राथमिकता
नेपालमा नयाँ सरकार गठन भएपछि भारतसँगको सम्बन्धले नयाँ दिशा लिने आशा गरिएको छ। भारत नेपालको सबैभन्दा नजिकको छिमेकीमध्ये एक मात्र नभई नेपालको व्यापार, पारवहन, रोजगारी, ऊर्जा, पर्यटन र आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको मुलुक हो। त्यसैले नयाँ सरकारले भारतसँगको सम्बन्धलाई राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठाएर राष्ट्रिय हित, आर्थिक विकास र पारस्परिक सम्मानका आधारमा अघि बढाउनुपर्ने आवश्यकता छ।
भारतको पनि नेपालमा राजनीतिक स्थिरता, नीतिगत निरन्तरता, विकास परियोजनाको प्रभावकारी कार्यान्वयन, सीमापार व्यापार तथा सुरक्षा सहकार्यप्रति चासो रहने देखिन्छ।
नेपालले आफ्नो सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानलाई कायम राख्दै भारतसँग समानता र पारस्परिक सम्मानका आधारमा सम्बन्ध अघि बढाउनुपर्छ। मित्रता कायम राख्नु भनेको राष्ट्रिय मुद्दामा मौन बस्नु होइन। त्यस्तै, राष्ट्रिय स्वाभिमानको कुरा गर्नु भनेको छिमेकीसँगको सम्बन्ध बिगार्नु पनि होइन यो कुरा प्रधानमन्त्री बालेनले बुझन जरुरी छ। नयाँ सरकारले यही सन्तुलन कायम गर्न सक्यो भने नेपाल भारत सम्बन्धमा नयाँ विश्वास निर्माण हुन सक्छ।
सीमा विवाद नक्सा र अभिव्यक्तिभन्दा समाधानमा जोड दिनुपर्ने देखिन्छ नेपाल भारत सम्बन्धमा सबैभन्दा संवेदनशील विषयमध्ये सीमा विवाद पनि एक हो। विशेषगरी लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको विषय लामो समयदेखि दुई देशबीच विवादित रहँदै आएको छ। त्यसैगरी सुस्ता क्षेत्रलगायत सीमाका विभिन्न स्थानमा स्थानीय नागरिकले भोगिरहेका समस्या पनि समाधानको प्रतीक्षामा छन्।नेपालले ऐतिहासिक सन्धि, नक्सा र प्रमाणका आधारमा आफ्नो भूभागमाथिको दाबी प्रस्तुत गर्दै आएको छ भने भारतको पनि यस विषयमा आफ्नै धारणा छ अज प्रधानमन्त्रीले दिएको अभिव्यक्ति जुन नेपालले पनि भारतको जमिन मिचेको छ भने भनाइ जस्ले गर्दा यो पेचिलो बिषय बनेको छ ।
सीमासम्बन्धी विवादलाई राजनीतिक भाषण र सामाजिक सञ्जालको बहसमा मात्र सीमित राख्नु हुँदैन। दुवै देशका विज्ञ, इतिहासकार, नापी विशेषज्ञ र कूटनीतिक प्रतिनिधिको सहभागितामा प्रमाणमा आधारित वार्ता अघि बढाउन आवश्यक छ। सीमामा बसोबास गर्ने नागरिकले भोगिरहेका समस्या, सीमा स्तम्भको अवस्था, खेतीपाती, आवतजावत, स्थानीय व्यापार र सुरक्षासम्बन्धी विषयलाई पनि प्राथमिकतामा राख्नुपर्छ।
प्रधानमन्त्री शाहले भारतीय नेतृत्वसँगको भेटमा नेपालको सीमा सम्बन्धी ऐतिहासिक तथा प्राविधिक विषयलाई स्पष्ट रूपमा उठाउँदै समाधानका लागि समयबद्ध वार्ताको पहल गर्न सक्नुपर्छ।
मेरो विचारमा भारतमा रहेका नेपालीका समस्या पनि भ्रमणको महत्त्वपूर्ण एजेन्डा बन्नुपर्छ नेपाल–भारत सम्बन्धको वास्तविक गहिराइ सरकारी कार्यालय र राजनीतिक भेटघाटमा मात्र देखिँदैन। भारतका विभिन्न राज्य तथा सहरमा रोजगारी, व्यापार, अध्ययन र पारिवारिक कारणले बसोबास गरिरहेका लाखौं नेपाली नागरिकको दैनिक जीवनमा पनि यसको प्रत्यक्ष प्रभाव देखिन्छ। दिल्ली, मुम्बई, गुजरात, पञ्जाब, हरियाणा, उत्तराखण्ड, हिमाचल, बेंगलुरु, चेन्नईलगायत भारतका विभिन्न क्षेत्रमा लाखौँ नेपाली नागरिक बसोबास तथा रोजगारीमा संलग्न छन्।
भारत र नेपालबीच खुला आवतजावतको व्यवस्था भए पनि प्रवासमा रहेका नेपालीले पहिचान, कागजात, रोजगारी, बैंकिङ कारोबार, प्रहरी प्रशासन, स्वास्थ्य सेवा र कानुनी प्रक्रियामा विभिन्न व्यावहारिक कठिनाइ भोग्नुपरेको गुनासो पोछिलो पल्ट धेरै सुनिन्छ। नेपालको नागरिकता बोकेर भारतमा वर्षौँदेखि बसोबास गरिरहेका नेपालीलाई कतिपय अवस्थामा आफ्नो पहिचान प्रमाणित गर्न थप कागजात खोज्नुपर्ने अवस्था आउँछ। एउटा सरकारी कार्यालयमा स्वीकार गरिएको कागजात अर्को कार्यालयमा स्वीकार नहुने समस्या पनि देखिन्छ।
यस्ता विषयमा दुवै देशका सम्बन्धित निकायबीच स्पष्ट समझदारी र कार्यान्वयनयोग्य व्यवस्था आवश्यक छ।
आधार कार्ड र पेनकार्डको झन्झट नेपाली नागरिकका लागि स्पष्ट व्यवस्था चाहियो भारतमा लामो समयदेखि बसोबास गर्ने नेपाली नागरिकका लागि आधार कार्डसम्बन्धी विषय निकै महत्त्वपूर्ण छ। भारतको आधारसम्बन्धी नियमअनुसार नेपाल र भुटानका नागरिकले भारतमा पछिल्लो १२ महिनामध्ये कम्तीमा १८२ दिन बसोबास गरेको अवस्थामा विदेशी बासिन्दाका रूपमा आधारका लागि आवेदन दिन सक्ने व्यवस्था छ।
नेपाली नागरिकसँग राहदानी नभएको अवस्थामा वैध नेपाली नागरिकता प्रमाणपत्रसँगै भारतस्थित नेपाली नियोगबाट जारी गरिएको सीमित अवधिको फोटो परिचयपत्र आवश्यक पर्ने व्यवस्था पनि रहेको छ। यससँगै भारतको ठेगाना प्रमाणित गर्ने कागजात र अन्य निर्धारित प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।
तर व्यवहारमा धेरै नेपाली नागरिकलाई आधार आवेदनका लागि आवश्यक कागजात, परिचयपत्रको प्रक्रिया, ठेगाना प्रमाणित गर्ने विषय र विभिन्न कार्यालयबीचको समन्वयबारे पर्याप्त जानकारी छैन र निकै कठिन पनि रहेको यहाँ भरतमा पीडित नेपाली हरुको गुनासो सुने गरेको छु जुन निकै महत्त्वपूर्ण बिषय मध्य एक हो । कहिलेकाहीँ एउटै कागजातका आधारमा काम हुने वा नहुने फरक अनुभवले नागरिकलाई थप अन्योलमा पार्ने गरेको छ। त्यसैले भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले आधार कार्डका विषयमा नेपाली नागरिकलाई सहज, एकरूप र स्पष्ट प्रक्रिया उपलब्ध गराउन भारतीय सरकारसँग छलफल गर्नुपर्छ। आधार कार्ड भारतीय नागरिकताको प्रमाण होइन भन्ने विषय पनि स्पष्ट पार्दै नेपाली नागरिकको वैधानिक बसोबास र पहिचानलाई व्यवस्थित गर्न दुवै देशले सहजीकरण गर्न आवश्यक छ।
प्यान कार्ड र बैंकिङ कारोबार आर्थिक गतिविधिमा सहजीकरण आवश्यक छ भारतमा व्यापार, व्यवसाय, रोजगारी तथा आर्थिक कारोबार गर्ने नेपाली नागरिकका लागि प्यान कार्ड अर्को महत्त्वपूर्ण विषय हो। प्यान कार्डलाई बैंकिङ कारोबार, करसम्बन्धी प्रक्रिया, व्यवसाय सञ्चालन तथा विभिन्न आर्थिक गतिविधिसँग जोडिएको हुन्छ। तर नेपाली नागरिकले प्यान कार्ड बनाउन खोज्दा कुन कागजात चाहिने, विदेशी नागरिकका रूपमा कुन प्रक्रिया अपनाउने र नागरिकता तथा राहदानीमध्ये कुन कागजात मान्य हुने भन्ने विषयमा अन्योल हुने गरेको छ।
भारतको आयकर विभागले विदेशी नागरिकका लागि पनि प्यान आवेदनको व्यवस्था गरेको छ। हालको व्यवस्थाअनुसार विदेशी नागरिकले गैरभारतीय नागरिकका लागि निर्धारित आवेदन प्रक्रिया प्रयोग गर्न सक्छन्। त्यसमा पहिचान, जन्ममिति, ठेगाना तथा कर पहिचानसम्बन्धी कागजात आवश्यक पर्न सक्छन्।
तर भारतमा वर्षौँदेखि काम गरिरहेका र सामान्य आर्थिक कारोबार गर्ने नेपाली नागरिकका लागि यो प्रक्रिया अझ सरल, पारदर्शी र सहज बनाइनुपर्छ। आधार र प्यान कार्डको विषयमा नेपाली नागरिकलाई लक्षित गरी नेपाली भाषामा जानकारी उपलब्ध गराउने, आवश्यक कागजातको सूची सार्वजनिक गर्ने र नेपाली दूतावास तथा भारतीय सम्बन्धित कार्यालयबीच समन्वय गर्ने व्यवस्था हुन सके प्रवासी नेपालीलाई ठूलो राहत मिल्न सक्छ।
नेपाली नागरिकता, राहदानी र प्रवासमा कानुनी पहिचान के त भन्दा भारतमा बसोबास गर्ने नेपाली नागरिकका लागि नेपाली नागरिकता सबैभन्दा महत्त्वपूर्ण राष्ट्रिय पहिचान हो। तर भारतमा लामो समयदेखि बस्दै आएका कतिपय नेपालीसँग नागरिकता, राहदानी, जन्मदर्ता, स्थायी ठेगाना तथा पारिवारिक कागजात व्यवस्थित नहुँदा विभिन्न सरकारी तथा प्रशासनिक काममा कठिनाइ आउने गरेको छ। विशेषगरी भारतमै जन्मिएका नेपाली परिवारका सन्तान, लामो समयदेखि भारतमा बसोबास गर्ने वृद्धवृद्धा, मजदुर, घरेलु कामदार र आर्थिक रूपमा कमजोर वर्गका नागरिकका लागि कागजात व्यवस्थापन थप चुनौतीपूर्ण बन्ने गरेको मेरो एक दशक भारतमा बसोबासको अनुभव छ । भारतमा जन्मिएको भन्दैमा स्वत भारतीय नागरिकता प्राप्त हुने अवस्था हुँदैन। त्यसैले नेपाली नागरिकका सन्तानको राष्ट्रिय पहिचान र नागरिकता सम्बन्धी प्रक्रिया पनि स्पष्ट हुनु प्रने देखिन्छ । नेपाल सरकारले भारतका विभिन्न सहरमा आवश्यकताअनुसार घुम्ती कन्सुलर सेवा सञ्चालन गर्ने, नागरिकता तथा राहदानीसम्बन्धी सिफारिस र प्रमाणीकरण प्रक्रिया सहज बनाउने र समस्यामा परेका नेपालीलाई कानुनी परामर्श उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ।
प्रवासी नेपालीको सुरक्षा, श्रम अधिकार र कानुनी संरक्षण
भारतमा रोजगारीका लागि पुगेका नेपाली नागरिकले कहिलेकाहीँ तलब नपाउने, कामबाट निकालिने, श्रम शोषणमा पर्ने, दुर्घटनामा परेपछि उपचार नपाउने तथा विभिन्न विवादमा कानुनी सहायता नपाउने समस्या भोग्नुपरेको गुनासो सुनिन्छ।
कतिपय नेपाली नागरिक प्रहरी प्रशासनसँग सम्बन्धित समस्यामा पर्दा भाषा, कागजात र कानुनी जानकारीको अभावमा थप कठिनाइमा पर्ने गरेका छन्।
त्यस्तै, भारतका विभिन्न स्थानमा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल पठाउने प्रक्रिया, दुर्घटनामा घाइते भएकाको उपचार, बेपत्ता भएका नागरिकको खोजी र अलपत्र परेका नेपालीको उद्धारजस्ता विषयमा पनि प्रभावकारी समन्वय आवश्यक छ।
भारत स्थित नेपाली दूतावास र वाणिज्य दूतावासको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनु पनि उत्तिकै आवश्यक छ।
दूतावास केवल कूटनीतिक भेटघाट र औपचारिक कार्यक्रमको केन्द्र मात्र होइन, भारतमा रहेका नेपाली नागरिकका लागि अभिभावकीय संस्था पनि हो। त्यसैले नागरिकका गुनासा सुन्ने, फोन तथा अन्य सम्पर्क माध्यमबाट सहज सेवा दिने आपत्कालीन अवस्थामा सहयोग गर्ने र कानुनी परामर्श उपलब्ध गराउने व्यवस्था बलियो बनाउनुपर्छ। प्रधानमन्त्रीको भारत भ्रमणमा प्रवासी नेपालीको सुरक्षा र कानुनी संरक्षणका लागि छुट्टै द्विपक्षीय संयन्त्र निर्माण गर्ने प्रस्तावसमेत अघि सार्न सकिन्छ। साथै दूतावासको अन्य विभिन्न मुख्य सहर या राज्यामा पनि नेपाली दूतावासको शाखा खोल्नु पर्ने प्रवासी हरुको माघ हो र यो आजको आबस्यक्ता पनि हो । एउटा सानो कामको लागि धेरै खर्च लगानी गरेर दूतावास आउने झन्झट हटनु प्रछ र दूतावासले सधै काम गरेन फोन उठेन भने धेरैको गुनासो छ त्यसमा पनि सरकारको कडा निर्देशन हुनु प्रछ जसले गर्दा दूतावास एउटा प्रवासी सम्पुर्ण नेपालिको अभिभावक हो भने नेपाली हरुले अनुभुती गर्न सकुन ।

सन् १९५० को शान्ति तथा मैत्री सन्धि व्यवहारमा समान अधिकारको अनुभूति नेपाल र भारतबीच सन् १९५० जुलाई ३१ मा भएको शान्ति तथा मैत्री सन्धि दुई देशको सम्बन्धको महत्त्वपूर्ण आधार हो। यस सन्धिको धारा ६ र ७ ले पारस्परिक आधारमा एक देशका नागरिकलाई अर्को देशमा आर्थिक विकास, व्यापार, आवागमन, बसोबास तथा अन्य सुविधासम्बन्धी अधिकार प्रदान गर्ने व्यवस्था गरेको छ।
तर सन्धिमा व्यवस्था भएका अधिकार र आजको प्रशासनिक व्यवहारबीच देखिने अन्तरलाई पनि गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने आवश्यकता छ। या त सन्धी खारेज हुनु प्रछ या कार्यनयन हुनु पर्यो प्रधानमन्त्री बालेनको यश प्रती चासो होस र ध्यानाकर्षण हुनु प्रछ । खुला सीमाको सुविधा मात्र होइन, त्यससँग जोडिएका नागरिकका व्यावहारिक अधिकार, कानुनी पहिचान, रोजगारी, सामाजिक सुरक्षा र आर्थिक गतिविधिलाई पनि व्यवस्थित गर्नुपर्छ। समयअनुसार पुराना सन्धि तथा व्यवस्थाको समीक्षा गर्दै दुवै देशका नागरिकले वास्तविक जीवनमा सहजता अनुभव गर्ने गरी नयाँ समझदारी निर्माण गर्न सकिन्छ।

व्यापार, पारवहन, ऊर्जा र विकास नेपालले खोज्नुपर्ने ठोस उपलब्धि नेपालको आर्थिक विकासमा भारतको भूमिका महत्त्वपूर्ण छ। नेपालले आफ्नो उत्पादन भारतीय बजारमा सहज रूपमा पुर्याउन पाउने वातावरण, निर्यातमा देखिने अवरोधको समाधान, पारवहन सुविधा तथा औद्योगिक लगानी विस्तारलाई प्राथमिकता दिनुपर्छ। नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली भारतीय बजारमा बिक्री गर्ने, विद्युत् प्रसारण लाइन विस्तार गर्ने र दीर्घकालीन ऊर्जा व्यापारलाई व्यवस्थित गर्ने विषय पनि महत्त्वपूर्ण छन्।
त्यसैगरी, नेपालले लामो समयदेखि थप हवाई रुटको माग गर्दै आएको छ। अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन थप प्रवेश विन्दु र हवाई मार्ग उपलब्ध गराउने विषयमा ठोस प्रगति हुन सके नेपालको पर्यटन तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्न सक्छ यो पनि एक महत्त्वपूर्ण बिषय हो जुन बालेनले कडा रुपमा आफ्नो समस्य भारत सामु उठान गर्नु प्रछ ।
भारतको सहयोगमा सञ्चालन भइरहेका विकास परियोजनाको समयमै निर्माण, सडक, रेलमार्ग, पुल, एकीकृत जाँच चौकी र पेट्रोलियम पाइपलाइनजस्ता पूर्वाधारलाई पनि प्राथमिकता दिनुपर्छ।हालको भ्रमणको तयारीमा बाढीपछिको पुनर्निर्माणका लागि आर्थिक सहायता, हवाई सम्पर्क, ऊर्जा सहकार्य र पञ्चेश्वर परियोजनाजस्ता विषय पनि छलफलका सम्भावित एजेन्डाका रूपमा अघि बडाउनु प्रछ जस्ले गर्दा नेपाल लाई केही विकसित छिमेकिको फाइदा उठाउन सक्नु प्रछ । नेपालले सहयोग माग्ने मात्र होइन, आफ्नो देशमा लगानीका अवसर सिर्जना गर्ने, उद्योग स्थापना गर्ने, रोजगारी बढाउने र उत्पादन तथा निर्यात क्षमता विस्तार गर्ने स्पष्ट योजना पनि प्रस्तुत गर्नुपर्छ।
दुई देशबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउनुप्रछ नेपाल र भारतबीचको सम्बन्ध राजनीतिक सीमाभन्दा धेरै पुरानो र गहिरो छ। धार्मिक, सांस्कृतिक, भाषिक, पारिवारिक तथा सामाजिक सम्बन्धले दुई देशका नागरिकलाई जोडेको छ। जनकपुर–अयोध्या, पशुपतिनाथ–काशी, लुम्बिनी–बोधगया लगायतका धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई पर्यटन र आर्थिक विकाससँग जोड्न सकिन्छ।
दुवै देशका विद्यार्थी, कलाकार, खेलाडी, पत्रकार, व्यवसायी तथा सामाजिक संस्थाबीच सहकार्य बढाउन आवश्यक छ।
सीमावर्ती क्षेत्रमा स्वास्थ्य सेवा, शिक्षा, व्यापार तथा स्थानीय पूर्वाधारको विकासमा संयुक्त कार्यक्रम सञ्चालन गर्न सके नागरिकस्तरको सम्बन्ध अझ मजबुत हुनेछ।
भारतमा रहेका नेपालीको मत, आवाज र सहभागितालाई पनि महत्त्व दिनुपर्छ नोट चल्ने भोट नचल्ने पक्ष पाती व्यबहार अब खतम हुनु प्रछ भारतमा बसोबास गर्ने नेपाली नागरिक नेपालको अर्थतन्त्र, परिवार र समाजसँग प्रत्यक्ष जोडिएका छन्। उनीहरूले पठाउने रेमिट्यान्स, सीप, अनुभव, लगानी र सामाजिक योगदान नेपालको विकासमा महत्त्वपूर्ण छ।
तर प्रवासमा रहेका नेपालीका समस्या राष्ट्रिय नीतिनिर्माण र दुई देशबीचको उच्चस्तरीय छलफलमा अपेक्षित रूपमा समेटिन नसकेको अनुभूति देखन सकिन्छ ।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा प्रवासी नेपाली प्रतिनिधि, सामाजिक संस्था, व्यवसायी, श्रमिक प्रतिनिधि र सञ्चारकर्मीसँग पनि छलफल गर्ने वातावरण निर्माण गर्न सकिन्छ जुन भारतीय दूतावासले सहजीकरण गर्नु प्रने हो
भारतका विभिन्न राज्यमा रहेका नेपालीको वास्तविक अवस्था बुझ्न र उनीहरूको समस्या सरकारसम्म पुर्याउन स्थायी संवाद संयन्त्र आवश्यक छ। विशेषगरी नेपाली नागरिकको आधार कार्ड, प्यान कार्ड, बैंक खाता, नेपाली नागरिकता, राहदानी, रोजगारी, कानुनी सहायता तथा सामाजिक सुरक्षासम्बन्धी समस्या समाधानका लागि दुई देशका सम्बन्धित मन्त्रालय र नियोगबीच नियमित समन्वय हुनुपर्छ।
यो पाली भ्रमणको सफलता सम्झौतामा होइन, कार्यान्वयनमा मापन हुनुपर्छ नेपाल र भारतबीच विगतमा पनि धेरै सम्झौता तथा समझदारी भएका छन्। तर कतिपय परियोजना वर्षौँसम्म अलपत्र पर्ने, कतिपय विषय राजनीतिक परिवर्तनसँगै ओझेलमा पर्ने र कतिपय समस्या समाधानको प्रतीक्षामै रहने गरेका छन्।
त्यसैले प्रधानमन्त्री शाहको भारत भ्रमणमा नयाँ सम्झौता गर्नेभन्दा पनि पुराना सहमति कार्यान्वयन गर्ने, रोकिएका परियोजना अघि बढाउने र नागरिकसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयमा स्पष्ट समयसीमा तय गर्नु महत्त्वपूर्ण हुनेछ।
आर्थिक सहायता, हवाई रुट, ऊर्जा व्यापार, सीमा विवाद, व्यापार घाटा, पारवहन र प्रवासी नेपालीका कानुनी समस्यामा ठोस उपलब्धि हासिल गर्न सके यो भ्रमण बालेनको लागि र देशको लागि ऐतिहासिक बन्न सक्छ नेपालले भारतसँगको सम्बन्धलाई कुनै तेस्रो मुलुकविरुद्धको रणनीतिका रूपमा नभई आफ्नो राष्ट्रिय हित, स्वतन्त्र निर्णय क्षमता र आर्थिक समृद्धिको आधारका रूपमा अघि बढाउनुपर्छ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण केवल दुई देशका प्रधानमन्त्रीबीचको भेटघाट मात्र होइन, नेपाल–भारत सम्बन्धको आगामी दिशा तय गर्ने अवसर पनि हो।
नेपालभित्र बस्ने नागरिकका लागि विकास, रोजगारी, आर्थिक समृद्धि र राष्ट्रिय स्वाभिमान जति महत्त्वपूर्ण छन्, भारतमा पसिना बगाएर आफ्नो परिवार पालिरहेका नेपालीका लागि पहिचान, सुरक्षा, सम्मान र कानुनी सहजता पनि उत्तिकै महत्त्वपूर्ण छन् जुन कुरा धेरै प्रधानमन्त्री हरुले बुझन सकेन्न यो पाली नयाँ नेतृत्व युवा नेतृत्व बाट प्रधानमन्त्री बनेका युवा प्रधानमन्त्रीले नबुजे सायद अरु आगमी दिनमा कसैले बुझला भन सकिदैन ।
नयाँ सरकारले भारतसँगको सम्बन्धमा नयाँ विश्वास निर्माण गर्दै पुराना विवाद समाधान गर्ने, आर्थिक सहकार्य विस्तार गर्ने र प्रवासमा रहेका नेपालीको आवाजलाई कूटनीतिक एजेन्डा बनाउने साहस देखाउनुपर्छ। दुई देशबीचको सम्बन्ध सरकार र नेताबीच मात्र नभएर , दुवै देशका नागरिकको जीवनमा अनुभूत हुने गरी बलियो बन्नुपर्छ। प्रधानमन्त्री शाहको यस भ्रमणबाट नेपाली जनताले खोजेको अपेक्षा पनि यही हो जस्तो लाग्छ ।
