मुर्मामा रारा युवा क्लबको आयोजनामा ‘प्रथम भलिबल प्रतियोगिता सुरु हुँदै।

समाचार सारांश
Auto Generated by AI
  • मुगुको मुर्मामा रारा मुर्मा युवा क्लबको आयोजनामा २०८३ असोज ८ गतेदेखि प्रथम रारा भलिबल लिग सञ्चालन हुने भएको छ।
  • स्थानीय प्रतिभाको पहिचान र खेलको विकासका लागि गरिने यस प्रतियोगितामा प्रथम हुने टोलीले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछ।
  • टोली दर्ताका लागि ४ हजार ५ रुपैयाँ शुल्क तोकिएको छ भने असोज २५ देखि कात्तिक ७ गतेसम्म नाम दर्ता गर्न सकिनेछ।

।  मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका-९ स्थित मुर्मामा रारा मुर्मा युवा क्लबको आयोजनामा ‘प्रथम रारा भलिबल लिग-२०८३’ सञ्चालन हुने भएको छ। आयोजकका अनुसार यो प्रतियोगिता आउँदो २०८३ साल असोज ८ गतेदेखि  सुरु हुनेछ।

Workplace

स्थानीय स्तरमा भलिबल खेलको चौतर्फी विकास तथा प्रवर्द्धन गर्ने, लुकेर रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गर्ने र युवाहरूलाई खेलकुदका माध्यमबाट एकताबद्ध बनाउने पवित्र उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको हो।

- Advertisement -Workplace

यस प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो खेल प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट मञ्च प्रदान गर्नुका साथै युवाहरूमा अनुशासन, आपसी सद्भाव, भाइचारा र सामाजिक एकता अभिवृद्धि गर्न ठूलो सहयोग पुर्‍याउने अपेक्षा राखिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्ने टोलीले नगद ३० हजार रुपैयाँसहित आकर्षक कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यसैगरी, दोस्रो हुने टोलीलाई नगद २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र तथा तेस्रो हुने टोलीलाई नगद १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यसबाहेक विधागत पुरस्कारतर्फ प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट स्पिकरलाई जनही ५५० रुपैयाँ नगदका साथै मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागिता जनाउने प्रत्येक टोलीमा सात जना खेलाडी र एक जना कोच अनिवार्य हुनुपर्ने नियम राखिएको छ। टोली दर्ताका लागि शुल्क ४ हजार ५ रुपैयाँ निर्धारण गरिएको छ। दर्ता प्रक्रिया असोज २५ गतेदेखि कात्तिक ७ गतेसम्म खुला रहने आयोजकले जानकारी दिएको छ।

रारा मुर्मा युवा क्लबले ‘खेलकुदको विकास, युवाको एकता र मुर्माको पहिचान’ भन्ने मुख्य अभियानका साथ आयोजना गर्न लागेको यस लिगलाई सभ्य र भव्य रूपमा सफल बनाउन सम्पूर्ण खेलाडी, खेलप्रेमी, समाजसेवी, बुद्धिजीवी, व्यवसायीका साथै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई हार्दिक सहयोग र सहभागिताका लागि सार्वजनिक आह्वानसमेत गरेको छ।

यस प्रतियोगिताले मुगु जिल्लाको समग्र खेलकुद विकासमा इँटा थप्नुका साथै मुर्मा क्षेत्रको मौलिक पहिचान र स्थानीय पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण तथा सकारात्मक भूमिका खेल्ने विश्वास लिइएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?