कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगे

समाचार सारांश
Auto Generated by AI
  • कालीगण्डकी नदीको बाढीले पर्वतको जलजला गाउँपालिकामा २५ घर बगाएको छ।
  • सेतीबेणी क्षेत्र पनि बाढीका कारण डुबानमा परेको छ।
  • बाढीबाट कुनै मानवीय क्षति नभएको र उद्धार कार्य जारी छ।

काठमाडौ – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतका विभिन्न क्षेत्रमा डुबान भएको छ। बाढीका कारण जलजला गाउँपालिका-८ मा करिब २५ घर बगेका छन्।

Workplace

पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलका अनुसार २५ घर बग्नुका साथै बस्ती डुबानमा परेका छन्। अहिले पानी पर्न रोकिएको छ। प्रभावित क्षेत्रमा हिजैदेखि उद्धार कार्य जारी रहेको उनले जानकारी दिए।

उनका अनुसार, ‘बाढीका कारण प्रभावित भएका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तथा जोखिममा रहेका क्षेत्रको अवस्था बुझ्ने काम भइरहेको छ,’ उनले थपे, ‘बाढीबाट कुनै मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन।’

यस्तै, बिहादी गाउँपालिका-६ स्थित सेतीबेणी पनि कालीगण्डकीको बाढीका कारण डुबानमा परेको छ। नदीको पानीको सतह बढेपछि सेतीबेणी क्षेत्रका बस्ती प्रभावित भएका हुन्।

प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनको काम जारी रहेकाले बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?