
- परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरबीच द्विपक्षीय भेटवार्ता भएको छ।
- भेटमा नेपाल-अमेरिका सम्बन्ध र भोटेकोशी बाढीपछिको राहत तथा पुनर्निर्माणबारे छलफल भयो।
- पुनर्निर्माणका कार्यमा अमेरिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग द्विपक्षीय यहाँ भेटवार्ता भएको छ।

भेटका अवसरमा नेपाल र अमेरिकाबिचको सम्बन्ध, हालै भोटेकोशीमा गएको बाढीपश्चात् राहत तथा पुनर्निर्माणका कार्यहरूलगायतका विषयमा छलफल भएको यहाँस्थित नेपाली नियोगले जनाएको छ। उक्त अवसरमा मन्त्री खनाल र उपविदेशमन्त्री हुकरबिच पुनर्निर्माणका प्रयासहरूमा अमेरिकाको निरन्तर सहयोगको विषयमा समेत कुराकानी भएको थियो।
भेटघाटको अवसरमा परराष्ट्रसचिव अमृतबहादुर राई र स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायतका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
