बसमा आगो लाग्दा पासपोर्ट बन्द

समाचार सारांश
Auto Generated by AI
  • राहदानी विभाग अगाडि बस आगलागी हुँदा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएको छ।
  • प्राविधिक समस्याका कारण राहदानी छपाइ तथा वितरण कार्य प्रभावित बनेको छ।
  • आवेदन संकलन यथावत रहे पनि सेवाग्राहीलाई केही समय धैर्य गर्न विभागले आग्रह गरेको छ।

काठमाडौ – राहदानी विभाग परिसर अगाडि भएको बस आगलागीका कारण विभागमा विद्युत् तथा इन्टरनेट सेवा प्रभावित हुँदा राहदानी छपाइ तथा वितरण सेवामा समेत असर परेको छ

Workplace

विभागले सोमबार सूचना जारी गर्दै बस आगलागीका कारण विद्युत् र इन्टरनेट सेवामा अवरोध सिर्जना भएको जनाएको हो। विद्युत् तथा इन्टरनेट सेवामा आएको अवरोधले राहदानी छपाइ प्रक्रियामा प्रत्यक्ष असर परेको र त्यसका कारण राहदानी वितरणमा कठिनाइ भएको विभागले जनाएको छ।

वर्तमान अवस्थालाई ध्यानमा राख्दै राहदानीका लागि आवेदन दिइसकेका सेवाग्राहीलाई धैर्य गरी सेवा लिन विभागले अनुरोध गरेको छ।

विभागका अनुसार राहदानी आवेदन संकलन प्रक्रिया भने पूर्ववत् रूपमा सुचारु रहनेछ।

उल्लेखित समस्या समाधान भएपछि राहदानी वितरण सेवा समेत नियमित हुने विभागले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?