आज मिति २०८३ भाद्र १६ गते मंगलबार आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • मेषदेखि मिथुन राशिका लागि ऊर्जाशील दिन र सामाजिक भेटघाटको अवसर छ।
  • कर्कटदेखि तुला राशिका लागि कार्यक्षेत्रमा सफलतासँगै सम्बन्ध र आर्थिक सजगता आवश्यक छ।
  • वृश्चिकदेखि मीन राशिका लागि स्वास्थ्य सुधार, रचनात्मक कार्य र आर्थिक स्थिरताको योग छ।

🌼🌻🙏🙏

Workplace

मेष : दिनको आरम्भ जोशिलो र ऊर्जाशील हुनेछ । नयाँ योजनाको थालनी गर्न अनुकूल समय छ । आत्मविश्वास बढ्नेछ, तर अधैर्यता र तीब्र प्रतिक्रिया दिनाले सम्बन्धमा असर पर्न सक्छ ।

वृष : मनमा केही अस्थिरता र आकस्मिक निर्णय गर्ने प्रवृत्ति देखिन सक्छ । अनावश्यक खर्च बढ्ने सम्भावना छ । आत्मनिरीक्षण र एकान्तमा समय बिताउँदा लाभ हुनेछ ।

मिथुन : साथीभाइसँग समय बिताउन पाउने दिन हो । सामाजिक गतिविधिमा भाग लिने अवसर मिल्नेछ । हर्षका खबरहरू प्राप्त हुने सम्भावना छ । केही आकस्मिक योजना बन्न सक्छ ।

कर्कट : पेशागत जीवनमा गतिशीलता देखिनेछ । पदोन्नति वा अवसरको संकेत मिल्न सक्छ । उच्चपदस्थ व्यक्तिसँगको भेटवार्ता लाभदायक हुनेछ । पारिवारिक जिम्मेवारीमा सक्रिय रहनुपर्ने देखिन्छ ।

सिंह : धार्मिक कार्य, यात्राको योजना वा अध्ययनमा रुचि बढ्नेछ । मानसिक चञ्चलता छ, तर विचारहरू सशक्त देखिन्छन् । शिक्षक वा गुरुतुल्य व्यक्तिको सल्लाह लाभदायक हुनेछ ।

कन्या : भावनात्मक असन्तुलन आउन सक्ने सम्भावना छ । गोप्य कुरामा ध्यान दिनुपर्नेछ । आर्थिक लेनदेनमा सजगता आवश्यक छ । परम्परागत ज्ञान वा मन्त्रविद्यामा रुचि बढ्न सक्छ ।

तुला : जीवनसाथी वा साझेदारसँग मतभेद देखा पर्न सक्छ । सम्बन्धमा स्पष्टता राख्नु अत्यन्त आवश्यक छ । कानुनी वा लिखित काममा सावधानी आवश्यक छ ।

 

वृश्चिक : स्वास्थ्यमा सुधार आउने संकेत छ । कार्यक्षेत्रमा नियमितता ल्याउन सकिनेछ । सेवामूलक क्षेत्रमा संलग्न व्यक्तिहरूलाई सफलता मिल्नेछ ।

धनु : रचनात्मक कार्यहरूमा उत्साह बढ्नेछ । प्रेमसम्बन्धमा प्रगाढता आउन सक्छ । बालबालिका वा शिक्षासम्बन्धी विषयमा ध्यान जान्छ । मनोरञ्जन र सिर्जनशीलतामा दिन लगाउनु उपयुक्त हुनेछ ।

मकर : घरपरिवारमा चञ्चलता देखिन सक्छ । पुराना सम्झनाहरू ताजगीका साथ फर्कन सक्छन् । भूमि वा सम्पत्तिसम्बन्धी कारोबार चल्न सक्छ ।

कुम्भ : छरछिमेक वा आफन्तसँग भेटघाटको योग छ । यात्रा वा सन्देश आदानप्रदानमा व्यस्तता रहनेछ । लेखन, भाषण वा सञ्चारको क्षेत्रमा अवसर मिल्न सक्छ ।

मीन : आर्थिक क्षेत्रमा स्थिरता देखिनेछ । आत्म-निर्णयमा दृढता आउनेछ । व्यक्तिगत मूल्यबोध र आत्मसम्मान बढ्ने संकेत छ । भौतिक सुख-सुविधाप्रति आकर्षण बढ्नेछ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?