विपद्को चौथो दिन : मृतक संख्या ५८६ पुग्यो, उद्धार र खोजी कार्य जारी

समाचार सारांश
Auto Generated by AI
  • नेपाल र चीनको सीमा क्षेत्रमा बाढी र पहिरोले ५८६ जनाको ज्यान लिएको छ।
  • दुई हजार ४७८ जना अझै बेपत्ता रहेकोले खोजी कार्य जारी राखिएको छ।
  • बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको छ र थप जोखिमका बीच उद्धार कार्य भइरहेको छ।

काठमाडौं ।नेपाल-चीन सीमा क्षेत्रमा आएको भीषण बाढी र पहिरोमा परी दुवै देशमा कम्तीमा ५८६ जनाको मृत्यु भएको छ। महाविपद्को चौथो दिनसम्म दुई हजार ४७८ जना अझै बेपत्ता छन्।

Workplace

पछिल्लो विवरणअनुसार नेपालतर्फ ५७९ जनाको मृत्यु भएको छ भने एक हजार ९२४ जना बेपत्ता छन्। चीनको सिजाङतर्फ भने सात जनाको मृत्यु भएको छ भने ५५४ जना बेपत्ता रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

बुधबार हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि आएको ठुलो बाढी र पहिरोले नेपालका रसुवा तथा नुवाकोटसहितका क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ। यसको असर चीनको सिजाङ स्वायत्त क्षेत्रको ग्याइरोङ बन्दरगाहसम्म पुगेको थियो। बाढी र पहिरोले सडक, पुल, जलविद्युत आयोजना तथा अन्य भौतिक संरचनामा ठुलो क्षति पुर्‍याएको छ।

चीन र नेपालले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी राखेका छन्। ग्याइरोङ क्षेत्रमा पहिरोका कारण बनेको अवरोध तालबाट थप बाढी आउन सक्ने जोखिमका कारण शुक्रबार केही समय उद्धार कार्य रोकिएको थियो। हवाई निरीक्षण र अन्य प्राविधिक अध्ययनपछि तत्कालको जोखिम व्यवस्थापन गर्न सकिने देखिएपछि उद्धार कार्य पुनः सुरु गरिएको हो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?