यस्तो छ आज को मौसम

समाचार सारांश
Auto Generated by AI
  • लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका तराईमा अहिले मध्यम वर्षा भइरहेको छ।
  • आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा ठूलो वर्षाको सम्भावना छ।
  • राति सुदूरपश्चिमका केही स्थानमा धेरै ठूलो पानी पर्ने अनुमान गरिएको छ।

काठमाडौ – अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका तराई क्षेत्रमा मध्यम वर्षा भइरहेको छ ।

Workplace

गएराति देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो पानी परेको छ । दाङ, स्याङ्जा र बर्दियामा ठूलो पानी परेको छ । कोशी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशमा भने पानी कम परेको छ ।

- Advertisement -Workplace

आज पनि गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  हिमाली र पहाडी भू–भागका धेरै ठाउँ, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही ठाउँ, मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू–भागका थोरै ठाउँमा हल्का वर्षा हुने अनुमान छ ।

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई ठाउँमा भने धेरै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?