अर्घाखाँचीमा शिक्षकद्वारा विद्यार्थीमाथि कु`ट`पिट गरेको भिडियो भाइरल

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको युनिक बोर्डिङ स्कुलमा कक्षा २ का विद्यार्थीमाथि शिक्षकले कुटपिट गरेको भिडियो भाइरल भएको छ।
  • घटनाप्रति आक्रोशित अभिभावक र स्थानीयले दोषीमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाहीको माग गरेका छन्।
  • सम्बन्धित निकायले घटनाको सत्यतथ्य सार्वजनिक गर्ने अपेक्षासहित बालबालिकामाथि हुने हिंसाको विरोध भइरहेको छ।

अर्घाखाँची,- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–६, नरपानी राताफलेस्थित युनिक बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत विद्यार्थी आबिष्कार थापामाथि विद्यालयमै अध्यापनरत शिक्षकहरूले कुटपिट गरेको भनिएको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ।

Workplace

 

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बालकलाई कुटपिट गरिएपछि शारीरिक रूपमा पीडित बनेको अवस्था देखिएको दाबी गरिएको छ। घटनापछि अभिभावक तथा स्थानीयवासीले दोषीमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

घटनाबारे विद्यालय प्रशासन, प्रहरी तथा सम्बन्धित निकायबाट औपचारिक धारणा आउन बाँकी रहेको छ। घटनाको सत्यतथ्यबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको अपेक्षा गरिएको छ।

बालबालिकामाथि हुने कुनै पनि प्रकारको हिंसा अस्वीकार्य भएकाले घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न र दोषी पुष्टि भए कानुनबमोजिम कारबाही गर्न सरोकारवालासँग माग उठिरहेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?