विभिन्न जिल्लाबाट लागुऔषधसहित १४ जना प्र`का`उ

समाचार सारांश
Auto Generated by AI
  • देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १४ जना व्यक्ति पक्राउ परेका छन्।
  • सबैभन्दा धेरै बाँकेबाट पाँच जना र अन्य जिल्लाबाट नौ जना समातिएका हुन्।
  • पक्राउ परेकाहरूबाट गाँजा, हेरोइन र प्रतिबन्धित औषधि बरामद गरी कारबाही थालिएको छ।

काठमाडौ -नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १४ जनालाई नियन्त्रणमा लिएको छ।

Workplace

केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार लागुऔषध ओसारपसार र बिक्रीवितरणमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार सबैभन्दा धेरै बाँकेबाट पाँच जना पक्राउ परेका छन्। यसैगरी मकवानपुरबाट तीन, कैलाली र दाङबाट दुई/दुई जना तथा सुनसरी र काठमाडौँबाट एक/एक जनालाई लागुऔषधसहित नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले अवैध लागुऔषध गाँजा, अफिम र खैरो हेरोइन बरामद गरेको छ। यसका साथै चिकित्सकको विशेष सिफारिस बिना खरिद–बिक्री गर्न नपाइने प्रतिबन्धित औषधिहरू ट्रामाडोल र स्पास्मो समेत ठुलो परिमाणमा बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?