छायाँनाथ रारा नगरपालिका को आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका दुई विद्यालय भवनको औपचारिक उद्घघाटन निर्माण सम्पन्न ।

समाचार सारांश
Auto Generated by AI
  • मुगुको छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा दुई विद्यालयका नयाँ भवन निर्माण गरी उद्घाटन गरिएको छ।
  • जीर्ण र साँघुरा कक्षाकोठाको समस्या समाधान भएसँगै विद्यार्थीहरूले अब सुरक्षित र व्यवस्थित वातावरणमा पढ्न पाउने भएका छन्।
  • नगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि आगामी दिनमा पनि भौतिक पूर्वाधार र शैक्षिक सुधारमा निरन्तर लगानी गर्ने प्रतिबद्धता जनाएको छ।

मुगुमा दुई विद्यालय भवन उद्घघाटन ।
रतन रावल
असार ९ मुगु
मुगुको छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका दुई विद्यालय भवनको औपचारिक उद्घघाटन गरिएको छ । मंगलबार निर्माण सम्पन्न भएका छायाँनाथ रारा नगरपालिका वडा नं. ४ स्थित मालिका आधारभूत विद्यालय, सेतिवाडा तथा वडा नं. ६ स्थित सरस्वती आधारभूत विद्यालय, बालैमा निर्माण गरिएका ४ कोठे दुईतले भवन उद्घघाटन गरिएको हो ।लामो समयदेखि यी विद्यालयका विद्यार्थीहरू जीर्ण तथा साँघुरा कक्षाकोठामा अध्ययन गर्न बाध्य थिए । पर्याप्त कक्षाकोठा नहुँदा एउटै कोठामा धेरै कक्षाका विद्यार्थीहरूलाई राखेर पठनपाठन सञ्चालन गर्नुपर्ने अवस्था थियो । वर्षायाममा पानी चुहिने, हिउँदमा अत्यधिक चिसो हुने तथा सुरक्षित शैक्षिक वातावरणको अभावले विद्यार्थीहरूको नियमित अध्ययन प्रभावित हुँदै आएको थियो ।
नयाँ भवन निर्माणपछि ती समस्या धेरै हदसम्म समाधान भएका छन्। फराकिला र व्यवस्थित कक्षाकोठा उपलब्ध भएसँगै पठनपाठन कार्य प्रभावकारी बनेको विद्यालयहरुले जनाएका छन । विद्यार्थीहरूलाई अब सुरक्षित, स्वच्छ र सुविधासम्पन्न वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त भएको छ । सरस्वति आवि बालैका प्रधानध्यापक डिल बहादुर नेपालीले पर्याप्त कक्षाकोठा उपलब्ध हुँदा कक्षा व्यवस्थापन सहज हुनुका साथै शिक्षण सिकाइ प्रक्रियामा समेत सकारात्मक सुधार देखिने अपेक्षा गरिएको बताएका छन ।
उद्घघाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख बिष्णु कुमार भामले शिक्षाको गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार विकास अपरिहार्य रहेको बताए । उनले नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै विद्यालय भवन, खानेपानी, शौचालय तथा अन्य शैक्षिक पूर्वाधार निर्माणमा लगानी बढाउँदै आएको जानकारी दिए ।
बालबालिकाले सुरक्षित र व्यवस्थित वातावरणमा शिक्षा प्राप्त गर्नुपर्छ भन्ने ह मुख्य उद्देश्य साथ पक्की बिद्यालय भवन निमार्णमा जोड्दिदै आएको नगर प्रमुख भामको भनाई छ ।
उपप्रमुख एवश्र्य मल्लले ग्रामीण तथा दुर्गम बस्तीका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको बताइन्। उनले नयाँ भवनले विद्यार्थीहरूको नियमित उपस्थितिमा वृद्धि हुनुका साथै सिकाइ उपलब्धि सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलले स्थानीय सरकारको लगानीबाट निर्माण भएका यस्ता संरचनाले समुदायमा शिक्षाप्रति सकारात्मक सन्देश प्रवाह गर्ने बताए। उनले विद्यालयहरूको समग्र शैक्षिक सुधारका लागि नगरपालिकाले आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिका भित्रका तिन बिद्यालय मालिका आधारभुत बिद्यालय सेतिवाडा,सरस्वती आधारभुत बिद्यालय बालै र हिर्मोदय माध्यामिक बिद्यालय बामको बिद्यालय निर्माणका लागि १ करोड ६३ लाख २४ हजार ५ सय बजेट मध्ये भवन निर्माण कार्यको जिम्म पाएको के.टि.एस.जे.भि एन.विए कन्स्ट्रक्सनले तोकिएको मापदण्डअनुसार बिद्यालय भवन निमार्ण सम्पन्न गरेको बताइएको छ। निर्माण सम्पन्न भएका बिद्यालय भवनहरू मध्ये मालिका आधारभुत बिद्यालय सेतिवाडा,सरस्वती आधारभुत बिद्यालय बालैको भवन मंगबार उद्घघाटनपछि विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ । भने हिर्मोदय माध्यामिक बिद्यालय बामको बिद्यालय भवन निमार्ण भएको र अबको केहि दिनमा हस्तान्तरण गरीने जनाईएको छ ।
नयाँ भवन सञ्चालनमा आएपछि विद्यार्थी, शिक्षक र अभिभावकहरूमा उत्साह छाएको छ। स्थानीय अभिभावकहरूले विगतमा आफ्ना बालबालिकाले भोग्नुपरेका असुविधा अब अन्त्य भएको भन्दै खुशी व्यक्त गरेका छन्। उनीहरूले विद्यालयको भौतिक पूर्वाधारसँगै शैक्षिक सामग्री, पुस्तकालय, सूचना प्रविधि तथा दक्ष शिक्षक व्यवस्थापनमा समेत ध्यान दिन आग्रह गरेका छन् ।
स्थानीयवासीका अनुसार विद्यालय भवन निर्माणले केवल भौतिक संरचनाको विकास मात्र नभई समग्र शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पु¥याउनेछ। नयाँ भवनले विद्यार्थीहरूलाई सुरक्षित र सम्मानजनक वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्नुका साथै भविष्यमा गुणस्तरीय शिक्षाको आधार बलियो बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?