इलाइट हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा ३१८ जनालाई निःशुल्क स्वास्थ्य सेवा

समाचार सारांश
Auto Generated by AI
  • पाणिनी गाउँपालिका–६ धातिबाङमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ३१८ जना स्थानीय लाभान्वित भएका छन्।
  • विशेषज्ञ चिकित्सकको टोलीले शिविरमा विभिन्न रोगको परीक्षणका साथै औषधि वितरण र ईसीजी तथा सुगर जाँच गरेको थियो।
  • ग्रामीण भेगका नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले धातिबाङ रूपन्देही सम्पर्क समाजले उक्त शिविर आयोजना गरेको हो।

बुटवल । पाणिनी गाउँपालिका–६, धातिबाङमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। वैशाख २० गते आयोजित उक्त शिविरमा ३१८ जना स्थानीय नागरिकले स्वास्थ्य परीक्षण तथा औषधि सेवा लिएका छन्।

Workplace

धातिबाङ रूपन्देही सम्पर्क समाजको आयोजना, पाणिनी गाउँपालिका–६ नं वडा कार्यालयको समन्वय तथा इलाइट हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीले गाउँमै पुगेर सेवा प्रदान गरेको थियो। शिविरमा सामान्य स्वास्थ्य परीक्षण, हाडजोर्नी तथा नसासम्बन्धी समस्या लगायत विभिन्न रोगहरूको जाँच गरी आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो।

शिविरका क्रममा करिब ५० जनाको ईसीजी (ECG) परीक्षण गरिएको थियो भने १५० जनाको सुगर (रक्तचिनी) परीक्षण गरिएको आयोजकले जनाएको छ।

शिविरमा डा. चन्द्र घिमिरे (जनरल फिजिसियन), डा. सन्तोष भट्टराई (हाडजोर्नी तथा नसारोग विशेषज्ञ) र डा. केदार दफाल (MBBS) लगायतका चिकित्सकहरूले सेवा दिएका थिए।

त्यस्तै, इलाइट हेल्थ क्लिनिकका सञ्चालक जनक कुँवरको नेतृत्वमा पूजा चौधरी, सफराज खान, स्नेहा भट्टराई, मनोज भट्टराई, भुवान भट्टराई, विनोद पाण्डे, प्रविन पाण्डे र अशोक न्यौपानेसहितको प्राविधिक टोलीले सक्रिय सहयोग पुर्‍याएको थियो।

पाणिनी गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले यस्ता स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। धातिबाङ रूपन्देही सम्पर्क समाजका अध्यक्ष गङ्गा पौडेलले समुदायसँग जोडिएर सामाजिक सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्। समाजका उपाध्यक्ष हरिप्रसाद घिमिरेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै स्वास्थ्य सचेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताएका छन् भने सचिव शंकर पाण्डेले समुदायको सक्रिय सहभागिताले कार्यक्रम सफल बनेको उल्लेख गरेका छन्।

इलाइट हेल्थ क्लिनिकका सञ्चालक जनक कुँवरले गाउँमै विशेषज्ञ सेवा प्रदान गर्न पाउनु खुसीको कुरा रहेको जनाएका छन्। उनका अनुसार ग्रामीण क्षेत्रका नागरिकले सामान्य स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यता कम गर्न यस्ता शिविर प्रभावकारी हुने गरेका छन्।

इलाइट हेल्थ क्लिनिकले ग्रामीण क्षेत्रका थुप्रै स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविरमा प्राविधिक सहयोग गर्दै आइरहेको  छ।

शिविरबाट सेवा लिएका स्थानीय बासिन्दाहरूले गाउँमै निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि पाउँदा सहज र लाभदायक भएको बताएका छन्। यस्ता कार्यक्रमले ग्रामीण भेगका नागरिकको स्वास्थ्य पहुँच विस्तार गर्नुका साथै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको आयोजकको भनाइ छ।

उक्त कार्यक्रमको सञ्चालन समाजका सचिव शंकर पाण्डले गरेका थिए।।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?