रामनवमीको अवसरमा ढाक्रेबासमा धार्मिक कार्यक्रम २४ घण्टे अखण्ड भजन–कीर्तन हुँदै !!

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको पाणिनी गाउँपालिकामा आउँदो चैत्र १३ गते रामनवमीको अवसरमा मन्दिर उद्घाटन र अखण्ड भजन–कीर्तन हुने भएको छ।
  • धार्मिक तथा सांस्कृतिक परम्परा संरक्षण गर्दै युवा पुस्तालाई जोड्न स्थानीय भजन मण्डलीले सक्रिय भूमिका निर्वाह गरिरहेको छ।
  • वडा कार्यालयको सहयोगमा सञ्चालित यस अभियानले सामाजिक सद्भाव कायम राख्न थप टेवा पुर्‍याउने विश्वास लिइएको छ।

अर्घाखाँची। पाणिनी गाउँपालिका वडा नं–७ अन्तर्गत साविक अड्गुडी गाविस वडा नं–७ ढाक्रेबासमा अवस्थित श्री शिवलय तथा जय सन्तोषी माता मन्दिरमा आगामी चैत्र १३ गते रामनवमीको अवसर पारेर भव्य धार्मिक कार्यक्रम आयोजना हुने भएको छ। रामनवमीका दिन मन्दिरको शिलालेख अनावरण, समुद्घाटन तथा २४ घण्टे अखण्ड भजन–कीर्तन कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

Workplace

 

स्थानीय धार्मिक आस्था, परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमले गाउँमा आध्यात्मिक वातावरण अझ सुदृढ बनाउने विश्वास गरिएको छ। विशेषगरी पछिल्लो समय युवापुस्तामा धार्मिक तथा सांस्कृतिक गतिविधिप्रति बढ्दो आकर्षण देखिँदै गएको सन्दर्भमा यस कार्यक्रमले नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

पाणिनी सातमा रहेको भजन मण्डली समुहले विगतदेखि नै प्रत्येक एकादशीका दिन भक्तजनहरूको मागअनुसार घरघरमा पुगेर भजन–कीर्तन गर्दै आएको छ। यसले गाउँमा धार्मिक जागरणसँगै सामाजिक सद्भाव र एकताको भावना बलियो बनाउँदै आएको छ। भजन मण्डलीका अध्यक्ष माधवप्रसाद पोखरेलका अनुसार, “भजन–कीर्तनको निरन्तरता मात्र होइन, यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु अहिलेको आवश्यकता हो, त्यसैले युवाहरूलाई पनि सक्रिय रूपमा सहभागी गराउँदै आएका छौँ।”उहाँले भन्नुभयो।

वडा कार्यालयको पहलमा भजन मण्डलीलाई सशक्त बनाउन पहिलो वर्ष बाद्यवादन सामग्रीका लागि बजेट विनियोजन गरी हस्तान्तरण गरिएको थियो भने दोस्रो वर्ष राष्ट्रिय पोशाक व्यवस्थापनका लागि लागत साझेदारीमा कार्यक्रम सम्पन्न गरिएको थियो। यसले भजन मण्डलीलाई थप व्यवस्थित र आकर्षक बनाएको छ। सांस्कृतिक कुराहरूमा थप प्रोत्साहन भएको छ।

यसै सन्दर्भमा वडा नं–७ का वडाध्यक्ष गुणाखर अधिकारीले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा वडाको प्रतिबद्धता दोहोर्‍याउँदै लुम्बिनी राष्ट्रिय दैनिक सँग भने, “हाम्रो वडामा रहेका विभिन्न धार्मिक स्थलहरू केवल आस्थाका केन्द्र मात्र होइनन्, सामाजिक एकता र संस्कारका आधार पनि हुन्। भजन–कीर्तनजस्ता कार्यक्रमले समाजलाई थल सकारात्मक दिशातर्फ लैजान्छन्। आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तर सहयोग रहनेछ।”

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रेणु प्रसाद अधिकारीले कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन तयारी तीव्र पारिएको जानकारी दिँदै सम्पूर्ण श्रद्धालु भक्तजनलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?