सङ्घ र प्रदेशमा मन्त्रालयको सङ्ख्या कटौती गर्ने कांग्रेस को घोषणा

काठमाडौ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सङ्घीय र प्रदेश सरकारमा मन्त्रालय सङ्ख्या कटौती गर्ने घोषणा गरेका छन ।

Workplace

काठमाण्डौमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले सङ्घमा बढीमा १६ वटा र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय रहने प्रतिज्ञा गर्नुभयो । गठबन्धनको नाममा भागबण्डा गर्न कुनै पनि दलले मन्त्रालय सङ्ख्या बढाउन नपाउने गगनको भनाइ छ ।

सभापति थापाले २०४६ सालपछि कांग्रेस नेतृत्वमा सञ्चालित सरकारको अवधिलाई ‘स्वर्णिम युग’को संज्ञा दिँदै २०४६ सालपछिका राजनीतिक तथा आर्थिक परिवर्तनहरू कांग्रेसले अवलम्बन गरेको नीति र मोडेलकै परिणाम भएको दाबी पनि गर्नुभयो ।

त्यसपछिका राजनीतिक उतारचढाव र जनविद्रोहको प्रसङ्ग उल्लेख गर्दै उहाँले प्राकृतिक कारणबाट भएको क्षतिसमेत आउँदो पाँच वर्षभित्र पूर्ति गर्ने प्रतिज्ञा गर्नुभयो ।

आउँदो पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय २ हजार ५ सय अमेरिकी डलर पुर्‍याउने कांग्रेसको प्रतिबद्धता छ ।

सभापति थापाले अब कुनै पनि संवैधानिक आयोगमा भागबण्डाको आधारमा नियुक्ति हुन नदिने प्रतिज्ञा गर्नुभयो । अबको पाँच वर्षभित्र देशबाट भ्रष्टाचार पूर्णरूपमा अन्त्य गर्ने गगनको दाबी छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?