मुख्यमन्त्री आचार्यको घर तोडफोड र आगजनी प्रकरणमा पक्राउ परेका तीनै जना छुटे

अर्घाखाँची — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको सन्धिखर्कस्थित घरमा भएको आगजनी र तोडफोड घटनामा पक्राउ परेका तीन जना अदालतको आदेशपछि बिहीबार थुनामुक्त भएका छन्।

Workplace

जिल्ला न्यायाधीश शिवलाल पाण्डेयको इजलासले उनीहरूलाई घटनास्थलका भिडियो तथा तस्वीरहरूमा प्रत्यक्ष संलग्नता नदेखिएकाले म्याद थप गरी अनुसन्धान गर्न आवश्यक नठानेको हो। त्यसपछि बुधबार पक्राउ परेका ती तीनै जना बिहीबार रिहा भएका हुन्।

- Advertisement -Workplace

पक्राउ परेकामध्ये भूमिकास्थान–१ घर भई हाल सन्धिखर्क–२ घोचेखोला बस्ने स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका अध्यक्ष गुरुदेव खनाल, भक्तिटोलका पुष्पलाल गौडेल र सोही वडाका चूरामणि ढुंगाना रहेका छन्।

मुख्यमन्त्री आचार्यकी श्रीमती दीपा आचार्यले घरमा तोडफोड र आगलागी गराएको भन्दै ११ जनाविरुद्ध जिल्ला अदालत अर्घाखाँचीमा जाहेरी दर्ता गरेकी थिइन्। भदौ २४ गते जेन–जी प्रदर्शनका क्रममा सन्धिखर्क हटारीस्थित मुख्यमन्त्रीको घरमा आगजनी भएको थियो।

अदालतमा दर्ता जाहेरी अनुसार घरभित्रका सामग्री जलेर करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको र संरचना समेत बस्न अयोग्य बनेको उल्लेख छ, जसको मूल्य करिब ६० लाख रुपैयाँ बराबर तोकिएको छ।

प्रहरीले बुधबार बजार क्षेत्रबाट खनाल, गौडेल र ढुंगानालाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा नियन्त्रणमा लिएको थियो। अदालतको आदेशपछि उनीहरूलाई साधारण तारेखमा रिहा गरिएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका प्रवन्धक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?