पूर्णबहादुरको नेतृत्वमा कांग्रेस संस्थापनको छुट्टै गोप्य बैठक, चुनावमा केन्द्रित हुने निष्कर्ष

काठमाडौं — नेपाली कांग्रेसमा आगामी राजनीतिक दिशा र संगठनात्मक रणनीतिलाई लिएर आन्तरिक गतिविधि तीव्र बन्दै गएको छ ।

Workplace

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आफू निकटका शीर्ष नेताहरूसँग विशेष बैठक गरेका छन् । उनी जेन्जी आन्दोलन पोछी शेरबहादुर देवाले कार्यवाहक सभापतिको जिम्मेवारी खडकालाइ दिएका थिए।

खड्का निकट पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू गरी करिब ७५ जना सहभागी रहेको सो बैठक आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा पार्टीलाई केन्द्रित गर्ने निष्कर्षमा पुगेको सहभागी नेताहरूले बताएका छन् ।

बैठकमा संगठन सुदृढीकरण, उम्मेदवार छनोट प्रक्रिया र केन्द्रदेखि स्थानीय तहसम्मको चुनावी तयारीबारे विस्तृत छलफल भएको एक नेताले नेपाल खोजखबर लाई बताएका  बताइएका हुन ।

सहभागीहरूका अनुसार कार्यवाहक सभापति खड्काले ‘महाधिवेशनको बहानामा संगठन कमजोर बनाउने होइन, एकतालाई बलियो बनाउँदै चुनावी मैदानमा केन्द्रित हुनुपर्छ’ भन्ने सन्देश दिएका थिए ।

यसैबीच, पार्टीभित्र महाधिवेशनको मिति तोक्ने वा विशेष महाधिवेशन गर्ने विषयमा मतभेद कायम छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिर महिनाभित्रै विशेष महाधिवेशन गर्नुपर्ने अडान लिँदै आएका छन् ।

यदि केन्द्रीय समिति बैठकले स्पष्ट निर्णय नगरे, इतरपक्षले बेग्लै भेला बोलाउने तयारी समेत गरेको बताइएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?