आज मिति २०८३ असोज १४गते बुधबार आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • आत्मबल र आत्मविश्वास बढ्ने हुनाले काममा सफलता मिल्नेछ।
  • सावधानी अपनाउँदा पारिवारिक र सामाजिक सम्बन्ध सुध्रनेछन्।
  • स्वास्थ्य र खर्चमा सचेत रही धैर्यपूर्वक निर्णय लिनु आवश्यक छ।

🌼🌻🙏🙏

Workplace

मेष : आत्मबल र क्रियाशीलता बढ्नुका साथै निर्णय क्षमता सबल हुनेछ । व्यक्तिगत विषयमा स्वतन्त्र विचार कायम हुनेछ । व्यवसाय वा कार्यक्षेत्रमा नयाँ योजनाको थालनीका लागि अनुकूल समय हो । केही मानसिक चञ्चलता देखिए पनि दिन समग्रमा सकारात्मक रहनेछ ।

वृष : व्यक्तित्वमा निखार आउनेछ, आत्मविश्वास बढ्नेछ । पारिवारिक क्षेत्रमा ध्यान केन्द्रित हुनेछ । व्यक्तिगत आकर्षण र वाणीको माधुर्यले सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ बन्नेछन् । स्वास्थ्य सामान्य रहनेछ ।

मिथुन : खर्च, थकान र भ्रमजन्य स्थिति आउन सक्छ । यात्राको सम्भावना देखिए पनि मन स्थिर राख्नुपर्छ । निर्णयमा धैर्य आवश्यक हुनेछ । गहिरो चिन्तन, ध्यान वा अध्यात्मिक अभ्यासबाट लाभ पाइने दिन हो ।

कर्कट : आय, मान-सम्मान र शुभकार्यको सम्भावना बलियो देखिन्छ । मित्र र शुभचिन्तकको साथ पाइनेछ । पुराना योजना सफल बन्नेछन् । इच्छाहरू पूरा हुने दिन हो, तर वाणीमा संयमता आवश्यक हुनेछ ।

सिंह : कार्यक्षेत्रमा प्रतिष्ठा, सम्मान र उत्तरदायित्व बढ्नेछ । नयाँ जिम्मेवारी प्राप्त हुनसक्छ । कामप्रतिको लगाव र परिणामदायी कार्यशैलीले वरिष्ठ व्यक्तित्वको मन जित्न सकिने दिन हो । व्यावसायिक योजना अगाडि बढाउन सकिने समय हो ।

कन्या : आज भाग्यबल सक्रिय हुने देखिन्छ । उच्च शिक्षा, गुरुजनको आशीर्वाद वा यात्राको अवसर मिल्न सक्छ । आजको दिनमा लिएको एउटा सानो प्रयासले पनि ठूलो परिणाम दिनसक्छ । धर्म, दर्शन र नीतिको पक्षमा झुकाव रहनेछ ।

तुला : अप्रत्याशित घटनाहरूको सम्भावना देखिन्छ । गोप्य विषयमा सावधानी आवश्यक हुनेछ । स्वास्थ्यमा सानो असहजता, विशेषगरी पेट वा स्त्रीरोगसम्बन्धी विषयमा सतर्कता अपनाउनु श्रेयस्कर हुनेछ । गहिरो अनुसन्धान वा ध्यानमा समय दिनु लाभदायक हुनेछ ।

वृश्चिक : दाम्पत्य जीवन र साझेदारी विषयमा संवेदनशीलता बढ्नेछ । सहकार्यमा केही मतभेद देखिन सक्छन्, तर संवादद्वारा समाधान सम्भव छ । वैवाहिक जीवनमा समझदारी र धैर्य आवश्यक रहनेछ ।

धनु : शारीरिक परिश्रम बढ्ने छ । कार्यक्षेत्रमा प्रतिस्पर्धा र दायित्वले दबाब दिन सक्छ, तर विजय सम्भव छ । स्वास्थ्यमा साना समस्याहरू देखिन सक्छन् । ऋण तिर्न वा ऋण पाउन अनुकूल समय हो ।

मकर : सन्तानप्रति चासो, प्रेमसम्बन्ध र सिर्जनात्मक कार्यमा सफलता देखिन्छ । विद्यार्थीहरूका लागि राम्रो समय हो । प्रेम प्रस्ताव सफल हुन सक्छ । भावनामा स्थिरता ल्याउँदा दिन अझै राम्रो बन्न सक्छ ।

कुम्भ : पारिवारिक वा मानसिक असन्तुलन देखिन सक्छ । घरको वातावरणमा संवेदनशीलता आवश्यक हुनेछ । मातापिताको स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोस् । स्थिर सम्पत्ति वा घरसम्बन्धी निर्णय स्थगित गर्नु उचित होला ।

मीन : आत्मबल, साहस र अभिव्यक्तिको सुधार हुनेछ । दाजुभाइसँग सम्बन्धमा सकारात्मकता आउनेछ । छोटो यात्राबाट लाभ मिल्ने संकेत छ । सञ्चार, लेखन वा प्रस्तुतीकरण कार्यमा सफलता प्राप्त हुनेछ ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?