आज मिति २०८२ चैत २६ गते बिहीबार आजको राशीफल

समाचार सारांश
Auto Generated by AI
  • आजका राशिअनुसार अधिकांशका लागि कार्यक्षेत्रमा सफलता र आर्थिक लाभ मिल्ने योग देखिन्छ।
  • केही राशिका लागि स्वास्थ्य सावधानी र धैर्यता अपनाउनु पर्ने अवस्था रहेको छ।
  • पारिवारिक भेटघाट, नयाँ अवसर र शैक्षिक विकासका दृष्टिले आजको दिन सुखद रहनेछ।

🌼🌻🙏🙏🙏

Workplace

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कामकाजमा केही ढिला हुन सक्छ तर धैर्य राखेर कार्य गर्नु भयो भने अन्तमा सफलता प्राप्त हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। विद्यार्थीहरूको अध्ययनमा ध्यान केन्द्रित गर्नुपर्ने दिन रहेको छ। प्रेम सम्बन्धमा विश्वास कायम रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिवारमा खुसीको वातावरण रहनेछ। आफन्तहरूबाट सहयोग प्राप्त हुनेछ। रोकिएको काम पूरा हुने सम्भावना रहेको छ। मेहनतले समस्याको समाधान गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा चुनौतीहरूको सामना गर्नुपर्ला। शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ। रोकिएका काम बन्नाले कार्यक्षेत्रमा उत्साह जाग्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आर्थिक पक्षमा अनावश्यक खर्च बढ्न सक्छ। परिवारमा कुनै कुरालाई लिएर विवाद हुन सक्ने भएकाले संयमित व्यवहार गर्नु आवश्यक रहेको छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको दिन उत्साहजनक रहनेछ। कामकाजमा सफलता मिल्ने सम्भावना छ। आर्थिक लाभका नयाँ अवसरहरू प्राप्त हुनेछन्। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना रहेको छ। उठ्नुपर्ने रकम हातलागि हुनेछ। भौतिक संसाधन जुटाउन सकिनेछ। व्यापार व्यवसायमा मनज्ञ लाभ रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक पक्षमा सुधार आउने संकेत देखिनेछ। व्यापारमा लगानीबाट लाभ लिन सकिनेछ। वैदेशिक यात्राको अवसर मिल्ला। स्वास्थ्यलाई लिएर कानको समस्या देखिन सक्छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सरकारी कामकाजमा सफलता मिल्नेछ। साथीभाइहरूको सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा सामान्य सुधार रहनेछ तर पुरानो रोग भएका व्यक्तिले सावधानी अपनाउनु उचित रहनेछ। शत्रुहरू पराजित हुनेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ योजनाहरू कार्यान्वय गर्न उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। राजनीतिक क्षेत्रमा जनबल बलियो रहनेछ। स्वास्थ्यमा मौसमी परिवर्तनका कारण रूगा खोकी आदिको सम्भावना रहेको छ सावधान रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्तहरूको साथले काममा नयाँ जोश र जागर देखिनेछ। रोकिएको कार्य पुनः प्रारम्भ हुनेछ। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) काममा मेहनत बढी गर्नु पर्ने अवस्था रहेको छ। आर्थिक दृष्टिले सामान्य लाभ रहेको छ। स्वास्थ्यमा थकानको अनुभूति हुनेछ त्यसर्थ आहारविहारमा ध्यान दिनुहोस्। गोपनियता बाहिरिनाले समस्या निम्तिएला सावधान रहनुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साहसिक कार्य गर्ने समय रहेको छ। नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरू सहयोगी सिद्ध हुनेछन्। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?