मुगुको रोवामा अस्थायी प्रहरी चौकी स्थापना। त्यस बस्तीमा बसोबास गर्दै आएका हजारौं नागरिकहरु ले आजबाट सुरक्षाको महसुस गर्दै।

समाचार सारांश
Auto Generated by AI
  • मुगुको छायाँनाथ रारा नगरपालिका ११ रोबामा १० हजार बढी नागरिकलाई लक्षित गरी अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ।
  • लामो समयदेखि प्रहरी सेवाका लागि एक दिनको यात्रा गर्नुपर्ने स्थानीयको बाध्यता अब हटेको छ।
  • सामाजिक अभियन्ता अनिल बानियाँको पहल र सरोकारवाला निकायको समन्वयमा यो सुरक्षा पोस्ट सञ्चालनमा आएको हो।

मुगु जिल्ला को छायाँनाथ रारा नगरपालिका वडा नं११रोबा गाउँमा अस्थायी प्रहरी चौकी आज स्थापना गरिएको छ।  दुर्गम क्षेत्रमा बसेका हजारौं नागरिकको सुरक्षा भरोसा र पहुँचको नयाँ अध्याय हो। मुगु जिल्ला आफैंमा ‘क’ वर्गको दुर्गम जिल्ला हो। त्यसमाथि सबैभन्दा बढी जनसंख्या भएको रोबा गाउँमा हालसम्म प्रहरी चौकी नहुनु वास्तवमै दुःखद विषय थियो। आज बाट स्थापना भएर यस चौकीबाट करिब १० हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुने छन।तत्कालका लागि  प्रहरी वरिष्ठ हवल्दार विर बहादुर ताम्राकार सहित चारजना प्रहरी जवान  रविन्द्र बस्नेत धीरेन्द्र सुनार कृष्णबहादुर बढुवाल रहने गरी अस्थायी प्रहरी पोस्टको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले बताए ।

Workplace

यसै गरि छायाँनाथ रारा नगरपालिका वडा नं,१० ११ र १२ साविक रोवा गा.वि.स अन्तर्गत रोवा गाउँमा अस्थायी प्रहरी पोष्ट उद्वघाटन कार्यक्रम म। जिल्लाका सरकारवाला निकाय र स्थानीय बासीहरूको सम्पूर्णको उपस्थिति  आज स्थापना गरिएको छ। स्थानीय बासीहरूले बोल्दै पहिले प्रहरी सेवा लिन करिब एक दिनसम्म यात्रा गर्नुपर्ने बाध्यता थियो, अब भने यही क्षेत्रमा सहज रूपमा सेवा उपलब्ध हुने स्थानीयवासीको भनाइ रहेको छ।  यो परिवर्तन केवल सुविधा होइन, यो जनताको आत्मविश्वास र सुरक्षामा ठूलो फड्को हो। आशामा रहेको बताएका छन। जिम्मेवारी र हाम्रो सहकार्यको प्रतीक हो। यस उपलब्धि सम्म पुग्न पुगेको बताएका छन्।त्यस्तै सामाजिक अभियन्ता अनिल बानियाले करिब २ महिना निरन्तर पहल, समन्वय र प्रयास गरेको गरेका थिए जिल्ला सुरक्षा समितिको बैठकमार्फत आवश्यक पहिचान गरी, नेपाल प्रहरी हेडक्वार्टरसम्म निरन्तर पहल गर्दै आएका थिए बानियाँ ले यस महत्वपूर्ण कार्यमा सहयोग गर्नु हुने नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङ सचिव राजकुमार श्रेष्ठ ज्यु, प्रहरी महानिरीक्षक दान बहादुर कार्की ज्यु, सह-सचिव काली प्रसाद पराजुली ज्यु, मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्यु, जिल्ला प्रहरी प्रमुख ज्यु छाँयानाथ रारा नगरपालिका नगर प्रमुख विष्णु कुमार भाम अध्यक्ष पिर मल्ल  सम्बन्धित वडाका अध्यक्ष लगाएत सम्पूर्ण व्यक्तिहरूको सङ्घर्ष र प्रयासले यो काम सफल भएको म खुसी व्यक्त समेत गरेका छन्।छायाँनाथ रारा नगरपालिका वडा नं,१०,११ र १२ का वडाअध्क्षय  कुन्जुमा कुमाई छायाँनाथ रारा नगरपालिका को निति तथा कार्यक्रम अन्तर्गत तथा अस्थायी प्रहरी पोष्ट व्यवस्थापन निर्णय र सिफारिस गर्ने सम्पूर्ण नगर सभा तथा कार्यपालिका सदस्य ज्युहरु जिल्ला सुरक्षा समितिका संयोजक लगायत सम्पूर्ण पदाधिकारी ज्युहरु हाल तत्कालै निर्णय कार्यान्वयन तहमा पुर्याउनु हुने। युवा सामाजिक अभियन्ता अनिल बानियाँ कार्यक्रम मार्फत त्यहाँका स्थानीय बासीले सबैप्रति धन्यवाद समेत व्यक्त गरेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?