अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा २५० जनाको मृत्यु

अफगानिस्तान = अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ। आइतबार राति नङ्गरहार र कुनार प्रान्त केन्द्रबिन्दु रहेको ६.० म्याग्निच्युडको भूकम्पमा कम्तीमा २५० जनाको ज्यान गएको र ५०० भन्दा बढी घाइते भएको पुष्टि भएको छ।

Workplace

अमेरिकी भूकम्प केन्द्र (USGS) का अनुसार भूकम्पको केन्द्र जलालाबाद सहर नजिकै सतहभन्दा झण्डै ८ देखि १० किलोमिटर गहिराइमा थियो। सतह नजिकै भूकम्प गएको कारण भवन, घर र अन्य संरचनामा ठूलो क्षति पुगेको छ।

तालिवान सरकारका प्रवक्ता जबीउल्लाह मुजाहिदले सामाजिक सञ्जालमार्फत् जीवन र सम्पत्तिमा ठूलो क्षति भएको जनाउँदै उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको जानकारी दिएका छ्न । स्थानीय सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र राहत संस्था प्रभावित क्षेत्रमा पुगेर उद्धारमा खटिएको जनाएका छ्न।

भूकम्पपछि दुईवटा पराकम्प समेत महसुस गरिएको अधिकारीहरूले जनाएका छन्। यसले उद्धार कार्य अझै कठिन बनाएको छ। मृतक र घाइतेहरूको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

अफगानिस्तान भूकम्पीय हिसाबले संवेदनशील क्षेत्र भएकाले यहाँ पटक–पटक ठूलो क्षतिको कारण बन्ने भूकम्प आउने गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?