
मेष : दिन सामान्य राम्रो छ । मिहिनतको फल गुम्ने जोखिममा छ । शत्रु बढ्नेछन् । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट राहत मिल्नेछ ।
वृष : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । वैदेशिक रोजगारीको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा कर्तव्य पूरा गरेर अगाडि बढ्नुपर्नेछ । प्रेम सम्बन्धमा धोका हुने जोखिम छ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ ।
मिथुन : साना कुराले झन्झट थपिने जोखिम छ । धार्मिक व्यक्तिसँग भएको वार्ताले मनमा शान्ति मिल्नेछ । व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कर्कट : दिन राम्रो छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।
सिंह : धनलक्ष्मी योग परेको छ । यसलाई सदुपयोग गर्न सके फाइदा हुनेछ । उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ । परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ । प्रेम सम्बन्धमा सुधार हुनेछ ।
कन्या : हरेक काम सहजै बन्नेछन् । साथीभाइको साथमा काम सहजै बन्नेछन् । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सहकार्य सहज बन्ने योग छ ।
तुला : समय र सम्पत्ति खर्च हुने जोखिम छ । शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ । विपक्षी साथीले असहयोग गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । निर्णय गर्नु अगाडि सोच्नु उपयुक्त हुन्छ ।
वृश्चिक : दिन राम्रो छ । आम्दानीका स्रोत राम्रा छन् । मिहिनेतको फल प्राप्त हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने समय छ । स्वास्थ्यमा समस्या देखिनेछ ।
धनु : दिन सामान्य छ । लगानीका क्षेत्रमा घाटा हुनेछ । साना कुराले मनमा झन्झट बढ्नेछ । शरीरमा आलस्य बढ्नेछ । परिवारले तपाईंको अवस्था विपरित कुरा गर्दा मन अशान्त बन्नेछ । धार्मिक क्षेत्रको भ्रमण गरे मन शान्त बन्नेछ ।
मकर : साढेसाती दशा भए पनि शुभग्रहको बहुमत भएकाले सोचेका काम बन्नेछन् । व्यापारमा गरेको लगानीले उत्साह थप्नेछ । निजी शिक्षामा गरेको लगाीबाट फाइदा हुनेछ । अभिभावकको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ ।
कुम्भ : मध्य साढेसाती दशा चलिरहेकाले मन अशान्त बन्नसक्छ । श्रमको मूल्य प्राप्त नहुने जोखिम छ । शनि अनुकुल भएमा मनमा शान्ति मिल्नेछ । एकल निर्णय आजको लागि घातक हुनेछ ।
मीन : मनमा चिन्ता मिल्नेछ । बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ । शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
