काठमाडौ – सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ ।

सुनकाे भाउ आज चार सय रुपैयाँले घटेर तोलाकाे एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।
लगातार चार दिनदेखि बढेको सुनको भाउ आज केही घटेको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ रहेको थियो ।
यस्तै चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
