आज मिति २०८३ असोज २१गते बुधबार आजको राशिफल

🌼🌻🙏🙏

Workplace

मेष : नयाँ कार्ययोजना बन्ने र पारिवारिक वातावरण रमाइलो रहनेछ। बौद्धिक क्षमतामा वृद्धि भए पनि अनावश्यक खर्चमा नियन्त्रण गर्नुपर्ने दिन छ। साथीभाइको सहयोगले रोकिएका कामहरू गति लिन थाल्नेछन्। स्वास्थ्य पक्ष सामान्य रहनेछ।

- Advertisement -Workplace

वृष : घरपरिवारमा सुखशान्ति कायम रहनुका साथै भौतिक साधन जुटाउने अवसर मिल्नेछ। स्वास्थ्यमा देखिएको सामान्य समस्या स्वतः समाधान हुनेछ। व्यावसायिक क्षेत्रमा गरिएको लगानीबाट भविष्यमा राम्रो लाभ मिल्ने सम्भावना बलियो छ।

मिथुन : आफन्तजनको सहयोगले रोकिएका कामहरूले पूर्णता पाउनेछन्। व्यवसायमा नयाँ लगानीको अवसर प्राप्त भए पनि निर्णय गर्दा सचेत हुनुपर्छ। विद्यार्थीहरूका लागि अध्ययनमा एकाग्रता कायम राख्न केही मेहनत गर्नुपर्नेछ।

कर्कट : आर्थिक मामिलामा सुधार आउने र सोचेभन्दा बढी लाभ मिल्ने योग छ। बोलीको प्रभाव बढ्ने हुँदा सामाजिक क्षेत्रमा मानप्रतिष्ठा उच्च रहनेछ। दाम्पत्य जीवन सुखी बन्नेछ र पुराना समस्याहरू हल हुँदै जानेछन्।

सिंह : आत्मविश्वास बलियो हुनाले आँटेका सबै काम सफलतापूर्वक सम्पन्न हुनेछन्। कला तथा रचनात्मक क्षेत्रमा विशेष सफलता र प्रशंसा मिल्नेछ। रोकिएका कार्यहरू अगाडि बढ्नेछन् र शरीरमा ऊर्जा तथा स्फूर्ति भरिपूर्ण रहनेछ।

कन्या : विदेश यात्रा वा वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरूमा प्रगति हुनेछ। खर्चको मात्रा बढ्न सक्ने भएकाले बजेट बनाएर अगाडि बढ्नु बुद्धिमानी हुन्छ। गुप्त शत्रूहरूबाट अलि सतर्क रहनुपर्ने दिन रहेको छ।

तुला : लामो समयदेखि रोकिएका व्यापारिक तथा व्यावसायिक कार्यहरू सुचारू हुनेछन्। मित्रहरूको साथ र सहयोगले मन प्रसन्न रहनेछ। सामाजिक सभा(समारोहमा सरिक हुने अवसर जुर्नेछ र नयाँ चिनजानबाट लाभ हुनेछ।

वृश्चिक : व्यापार व्यवसायमा सोचेभन्दा राम्रो लाभ मिल्नुका साथै नयाँ जिम्मेवारी थपिनेछ। कार्यक्षेत्रमा उच्च पदस्थ व्यक्तिको साथ र सहयोग प्राप्त हुनेछ। पारिवारिक जिम्मेवारी पूरा गर्न केही समय व्यस्त रहन सकिन्छ।

धनु : भाग्यले साथ दिने हुनाले धार्मिक तथा आध्यात्मिक कार्यतर्फ रुचि बढ्नेछ। विद्यार्थी वर्गका लागि बौद्धिक प्रतिस्पर्धामा सफलता हात लाग्नेछ। लामो दूरीको यात्रा वा तीर्थाटनको सम्भावना पनि रहेको छ।

मकर : स्वास्थ्यमा केही उतारचढाव आउन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोला। गोप्य शत्रूहरूबाट सतर्क रहँदै आफ्नो काममा मात्र ध्यान दिनु उचित हुन्छ। आर्थिक कारोबार गर्दा सावधानी अपनाउनु आवश्यक छ।

कुम्भ : दापत्य जीवनमा मिठास छाउनुका साथै साझेदारीका कामहरूबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर मिल्नेछ। व्यापारमा उत्साहजनक प्रगति हुनेछ र मन प्रसन्न रहनेछ।

मीन : कानूनी वा अदालती मामिलामा विजय प्राप्त हुने र पुराना विवादहरू किनारा लाग्नेछन्। दैनिक कार्यव्यवहार सहज बन्दै गएर शारीरिक स्फूर्ति बढ्नेछ। सहकर्मीहरूको सहयोगले अधूरा कामहरू समयमै सम्पन्न हुनेछन्।

 

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?