भरत दाहाललाई पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन आदेश

समाचार सारांश
Auto Generated by AI
  • सर्वोच्च अदालतले भरत दाहाललाई पक्राउ गर्नुको कारणसहित उपस्थित गराउन आदेश दिएको छ।
  • न्यायाधीश कुमार रेग्मीको इजलासले बन्दीप्रत्यक्षीकरणको निवेदनमा उक्त आदेश जारी गरेको हो।
  • विवादास्पद अन्तर्वार्ताका कारण पक्राउ परेका दाहाललाई मोरङको बेलबारीबाट नियन्त्रणमा लिइएको थियो।

काठमाडौं।सर्वोच्च अदालतले भरत दाहाललाई पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ।

Workplace

न्यायाधीश कुमार रेग्मीको इजलासले दाहाललाई पक्राउ गर्नुको आधार र कारण खुलाउन आदेश दिँदै उनलाई अदालतमा उपस्थित गराउन भनेको हो।

दाहाललाई गत आइतबार मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो। उनको पक्राउपछि छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्।

भूराजनीतिक विषय र त्यसमा उच्चपदस्थ राजनीतिक व्यक्तिहरूको संलग्नताबारे उनले दिएको विवादास्पद अन्तर्वार्ता सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएपछि दाहाल पक्राउ परेका थिए ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?