आज मिति २०८३ बैशाख १४ गते सोमबार आजको राशीफल

🌻🌼🙏🙏🙏

Workplace

मेष : आजको दिन तपाईंका लागि मिश्रित रहनेछ। कार्यक्षेत्रमा केही चुनौतीहरू आउन सक्छन्, तर तपाईंको धैर्यताले गर्दा ती समस्याहरू समाधान हुनेछन्। आज अनावश्यक धन खर्च हुन सक्छ, त्यसैले आर्थिक कारोबारमा होसियारी अपनाउनुहोला। घरपरिवारमा नयाँ सदस्यको आगमन वा खुसीको खबर सुन्न पाइनेछ।

वृष : आजको दिन पराक्रम बढ्नेछ। साथीभाइ र दाजुभाइको सहयोगले अधुरा रहेका कामहरू पूरा हुनेछन्। व्यापार(व्यवसायमा नयाँ योजनाहरू कार्यान्वयन गर्ने समय छ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। टाढाको यात्राको योग पनि छ।

मिथुन : आज आर्थिक लाभको योग छ। घरमा मांगलिक कार्यको योजना बन्न सक्छ। विद्यार्थीहरूका लागि आजको दिन निकै फलदायी रहनेछ। केही नयाँ सिक्ने अवसर मिल्नेछ। स्वास्थ्यमा केही सामान्य समस्या देखिए तापनि दीर्घकालीन असर गर्ने छैन।

कर्कट : आज तपाईंको व्यक्तित्वमा निखार आउनेछ। बोलीको प्रभावले अरूलाई आकर्षित गर्न सकिनेछ। तर, आज काममा हतार नगर्नुहोला, अन्यथा काम बिग्रन सक्छ। मानसिक शान्तिका लागि ध्यान वा योग गर्नु शुभ रहनेछ।

सिंह : अनावश्यक खर्चको योग छ। आयस्रोत भन्दा खर्चको मात्रा बढ्न सक्छ। वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा अवरोध आउन सक्छ। टाढाका आफन्तसँग भेटघाट हुने वा कुराकानी हुने सम्भावना छ।

कन्या : आजको दिन सुखद रहनेछ। सामाजिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। व्यवसायमा उन्नति हुनेछ र मन प्रसन्न रहनेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

तुला : पद प्रतिष्ठा प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा उच्च अधिकारीहरूको प्रशंसा पाइनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। राजनीतिमा संलग्न व्यक्तिहरूका लागि आजको दिन विशेष उपलब्धिमूलक हुन सक्छ।

वृश्चिक : आजको दिन भाग्यको साथ रहनेछ। लामो समयदेखि रोकिएको काम बन्नेछ। तीर्थाटन वा धार्मिक यात्राको योग छ। मनमा नयाँ उत्साह जाग्नेछ। अरूको भलाईका लागि गरिएका कामहरूबाट सन्तोष मिल्नेछ।

धनु : आज सावधानी अपनाउनुपर्ने दिन छ। स्वास्थ्यमा केही समस्या आउन सक्छ, विशेषगरी पेटसम्बन्धी समस्याबाट बच्न खानपानमा ध्यान दिनुहोला। सवारी साधन चलाउँदा सावधानी अपनाउनु उपयुक्त हुनेछ।

मकर : आज तपाईंको दिन सुखद छ। वैवाहिक जीवनमा मधुरता छाउनेछ। साझेदारीमा गरिएको कामबाट लाभ हुनेछ। प्रेम सम्बन्धमा रहेकाहरूका लागि आजको दिन निकै रमाइलो रहनेछ।

कुम्भ : आज तपाईंको आत्मविश्वास बढ्नेछ। शत्रुहरू परास्त हुनेछन्। कानुनसम्बन्धी विवाद वा समस्याहरूबाट मुक्ति मिल्नेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ।

मीन : सन्तानबाट सुख प्राप्त हुनेछ। नयाँ रचनात्मक कार्यमा मन जानेछ। शिक्षा(दीक्षाको क्षेत्रमा सफलता मिल्नेछ। शेयर बजार वा लगानीका क्षेत्रमा आजको दिन सावधानीपूर्वक अगाडि बढ्नुहोला।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?